सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ब्राजिलमा मार्क्सवाद पढाउँदै दुई नेपाली कम्युनिस्ट नेता

ब्राजिलमा मार्क्सवाद पढाउँदै दुई नेपाली कम्युनिस्ट नेता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेकपाका सचिवालय सदस्यद्वय माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ मार्क्सवाद पढाउन ब्राजिल पुगेका छन्। शनिबार राति कतारको दोहा हुँदै उनीहरू त्यसतर्फ गएका हुन्। 

संयोग नै मान्नुपर्छ, नेपाल र श्रेष्ठबीच अलग पार्टी हुँदा पनि सम्बन्ध घनिष्ठ थियो। उनीहरूले 'को फ्लोस्र्टन फर्नान्डेज नेसनल स्कुल'मा एक सातासम्म  मार्क्सवाद पढाउने छन्। 

मार्क्सवादबारे नियमित कक्षा चलाउन नेपालमा 'मदन भण्डारी एसियन स्कुल' स्थापना गर्ने क्रममा ब्राजिलको फ्लोस्र्टन फर्नान्डेज नेसनल स्कुलको अवलोकन र छलफल गर्ने कार्यक्रम छ।

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार नेपालमा एसियास्तरको मार्क्सवादी विद्यालय सञ्चालनको तयारी भइरहेको छ। त्यसरी स्थापना हुने विद्यालयमा भारत, बंगलादेश, पाकिस्तानलगायत मुलुकका मार्क्सवादी नेता/कार्यकर्ताले अध्ययन गर्न पाउनेछन्। प्राथमिक, माध्यमिक र उच्च  गरी तीन तहमा विद्यालय सञ्चालन हुनेछ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।