शुक्रबार, असार २६, २०८३

त्रिदेशीय सिरिजमा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा दुई पाहुना टिम मलेसिया र नेदरल्यान्ड्स भिड्दैछन्।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौं– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा दुई पाहुना टिम मलेसिया र नेदरल्यान्ड्स भिड्दैछन्। 

पहिलो खेलमा आयोजक नेपालसँग पराजय भोगेको नेदरल्यान्ड दोस्रो खेलमा पुनरागमन गर्दै जित निकाल्न चाहन्छ। यता मलेसिया टी–२० क्रिकेटमा पछिल्लो समय निकालेको जितलाई निरन्तरता दिने क्रममा छ। 

महामारीअघि घरेलु भूमिमा मलेसियाले आफूभन्दा बलियो टिम हङकङविरुद्ध लगातार जित निकालेको थियो। त्यस्तै, उसले १३ महिनाअघि सम्पन्न इस्टर्न रिजर्नमा पनि नेपालको भन्दा राम्रो प्रदर्शन गरेको थियो। आईसीसी वरीयताका निकै तल रहे पनि मलेसियाले बलिया टिमहरुलाई हराउँदै आइरहेकाले उसले आजको खेलमा पनि त्यो लय प्रस्तुत गर्ने देख्न सकिन्छ। 

उसले महामारीअघि भएको खेलमा नेपाल, थाइल्यान्ड र हङकङ जस्तो टिमलाई हराएको थियो। आजको खेलमा जित निकाल्न सके नेदरल्यान्ड्सले फाइनल पुग्ने सम्भावना कामय राख्नेछ। तर पराजय भोगे उसको फाइनल यात्रामा धक्का लाग्न सक्नेछ।

नेदरल्यान्डले २०२० मा कुनै खेल नखेले पनि २०१९ मा खेलेको अन्तिम पाँच खेलमा जित निकालेको थियो। त्यसपछि हिजोको खेलमा नेपालसँग हार बेहोरेको हो। 

मलेसियाले चाहिँ पछिल्ला पाँच खेलमध्ये तीन खेलमा जित निकालेको छ। आजको खेल त्रिवि मैदानमा सवा १२ बजे सुरु हुनेछ।
 

प्रकाशित: Apr 18, 2021| 02:50 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।