सोमबार, असार २९, २०८३

खत्री जेल पसेपछि छिरिङले पनि आत्मसमर्पण गरे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सुन तस्करीमा संलग्न छिरिङ वाङदेल घलेले पनि जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् । अदालतले अहिले उनको बयान लिइरहेको छ । 

विभिन्न सुन तस्करका घटनामा छिरिङलाई अहिलेसम्मको सूचनाका आधारमा मुख्य नाइके मानिएको छ । उनले विमानस्थलमा एसएसपी श्याम खत्रीलगायतसँग सेटिङ गरेर तस्करी गर्ने गरेको आरोप लागेको थियो । 

सुन तस्करमा संलग्न चुणामणी उप्रेती गोरेले प्रहरीसँगको बयानमा क्रममा छिरिङ र एसएसपी खत्रीले मिलाएको सेटिङमा आफू भारी बोक्ने भरिया मात्र भएको बयान दिएपछि छिरिङको संलग्ना रहेको खुलासा भएको थियो । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीले छिरिङले आत्मसमर्पण गरेको पुष्टि गर्दै अहिले बयानका क्रममा रहेको नेपाल समयलाई जानकारी दिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।