शुक्रबार, माघ ९, २०८२

भारतीय पुरुष रेस्लरविरुद्ध सपनाको जित

नेपाली महिला रेस्लर सपना तामाङले अन्तर्राष्ट्रिय रेस्लिङमा भारतीय पुरुष रेस्लर देव द बुललाई पराजित गरेकी छन्।
 |  शनिबार, वैशाख ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

काठमाडौं- नेपाली महिला रेस्लर सपना तामाङले अन्तर्राष्ट्रिय रेस्लिङमा भारतीय पुरुष रेस्लर देव द बुललाई पराजित गरेकी छन्।

National life

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा भएको प्रतियोगितामा शनिबार सपनाले बुललाई सिंगल म्याचमा पराजित गरेकी हुन्।

खेलाडी सिर्जना कोजु, सपना तामाङ, स्नेहा थापा, आकृति पुन, नेपाली ब्रो, गीता जिरेल र जमुना तामाङ सम्मिलित रोयल रेम्बल म्याचमा सिर्जना कोजुले जित हात पारिन्। नेपालकी मनिषा रानाभाट र जमुना तामाङबीचको सिंगल म्याच रद्ध भयो।

स्नेहा थापासँगको सिंगल म्याचमा गीता जिरेल विजयी भइन्। नेपालका नेपाली ब्रो तथा भारतका सुशान्त शर्मा र भारतकै देव द बुलबीचको पुरुष त्रिपल थ्रेटमा नेपाली ब्रोले जित हात पारे।

शान्तिनगरस्थित आयोजक फाउन्डेसनको हातामा भएको प्रतियोगिताको पुरुष हार्ड कोरमा भारतका हुक्मा रामले नेपाली ब्रोलाई हराए।

Laxmi sunrise bank
kumari

प्रतियोगितामा सहभागी हुन अमेरिका, जापान र पाकिस्तानका खेलाडीलाई आमन्त्रण गरिएकोमा कोरोना भाइरस (कोभिड– १९) का कारण नआएपछि नेपाल र भारतका रेस्लरको मात्र प्रतिस्पर्धा गर्नु परेको आयोजकले बताएको छ।

आमन्त्रण गरिएका खेलाडीहरु नआउने भएपछि भृकुटीमण्डपमा तय गरिएको प्रतियोगिता शान्तिनगरस्थित आफ्नै हातामा गरिएको थियो। 

प्रकाशित: Apr 17, 2021| 13:51 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।