सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तेलको मूल्यवृद्धि फिर्ता नलिए कांग्रेसले संसद् चल्न नदिने

तेलको मूल्यवृद्धि फिर्ता नलिए कांग्रेसले संसद् चल्न नदिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वृद्धि भएको इन्धनको मूल्य फिर्ता नलिए संसद् अवरुद्ध गर्ने चेतावनी दिएको छ ।
 
आइतबार संसद् बैठकमा बोल्दै कांग्रेस सांसद अतहर कमाल मुसलमानले इन्धनमा भएको मूल्यवृद्धि फिर्ता नलिए संसद् अवरुद्ध गर्ने चेतावनी दिएका हुन् । आजको प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै प्रमुख विपक्षी दलका सांसदहरु उभिएर विरोध जनाएका थिए । 

कांग्रेसका सांसदले उभिएर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद मुसलमानलाई बोल्ने समय दिएका थिए । सांसद् मुसलमानले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले सर्वसाधारण गरिव जनतालाई महंगीको मारमा पारेको बताए । 

उनले डिजेल र मट्टितेल ७७ रुपैयाँबाट ९५ रुपैयाँ र पेट्रोलको मूल्य ९७ रुपैयाँबाट बढेर हाल ११३ रुपैयाँ प्रतिलिटर कायम गरिएको भन्दै खेति किसानीका लागि अतिआवश्यक डिजेलको प्रति लिटर १८ रुपैयाँ मूल्यवृद्धि गरेर किसानलाई मार्न खोजेको आरोप लगाए ।

उनले मूल्यवृद्धि फिर्ता लिन सरकारलाई तत्काल रुलिङ गर्न पनि सभामुखसँग आग्रह गरे । उनको आग्रह लगतै सभामुख महराले मूल्यवृद्धिको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।