सोमबार, असार २९, २०८३

यस्ता छन् विश्वकप फुटबलका पाँच रोचक प्रसंग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विश्वकप फुटबल नजिकिएसँगै त्यससँग जोडिएका रोचक प्रसंगहरूको पनि उत्तिकै चर्चा हुने गरेको छ । 

कुन खेलाडीले कति गोल गर्‍यो ? कुन देशले कतिपट विश्वकप जित्यो भन्ने चर्चा सामान्य नै हो। तर, केही त्यस्ता रोचक विषय पनि छन्, जुन तपाईंलाई कमै याद होला। 

एकैखेलमा सर्वाधिक गोल गरेका खेलाडी, गोल गरेको देश, धेरै गोल भएको खेल, ११ सेकेन्डमा भएको गोल, ५६ सेकेन्डमा दिएको रेडकार्ड कम रोचक छैनन्। 

खेल शुरु भएको ११ सेकेन्डमा भएको गोल र गोल गर्ने खेलाडीलाई कसले बिर्सन सक्छ? खेल शुरु भएको ५६ सेकेन्डमै रेडकार्ड पाएर बाहिरिने खेलाडीलाई कसले नोटिस नगर्ला? 

यस्ता थुप्रै रोचक प्रसंग जोडिएर आउँछन्, विश्वकपसँगै। 

११ सेकेन्डमा गोल

विश्वकपको इतिहासमा सर्वाधिक छिटो गोल कसले गरेको होला भनेर जान्ने कौतुहल धेरैलाई हुनसक्छ । सन् २००२ को विश्वकपमा टर्कीका हाकान सुकुरले मात्र ११ सेकेन्डमा गोल गरेका थिए। 

दक्षिणकोरियाविरुद्धको त्यो गोल विश्वकपको इतिहासमा सबैभन्दा छिटो भएको गोल हो। 

५६ सेकेन्डमा रेडकार्ड

सबैभन्दा छिटो रेडकार्ड पाउने खेलाडीचाहीं को होलान्? यो दुर्लभ कीर्तिमान उरुग्वेका डिफेन्डर जोस बाटिस्टाको नाममा छ। उनले स्कटल्यान्डविरुद्धको खेलमा मात्र ५६ सेकेन्डमा रातो कार्ड पाएका थिए, जुन अहिलेसम्म कायमै छ ।

एकै खेलमा धेरै गोल गर्ने खेलाडी

रुसी स्ट्राइकर ओलेग सालेन्कोले सन् १९९४ को विश्वकपमा क्यामरुनविरुद्धको खेलमा पाँच गोल गरेका थिए, जुन अहिलेसम्म कायमै छ। उक्त खेलमा रुस ६–१ ले विजयी हुँदा सालेन्कोको पाँच गोल थियो।

धेरै गोल भएको खेल

एउटा विश्वकपको धेरै गोल भएको खेलमा पर्छ, हंगेरी र एलसाल्भाडोरबीचको खेल। सन् १९८२ को विश्वकपमा हंगेरीले साल्भाडोरलाई १० गोल गरेको थियो, जुन अहिलेसम्म तोडिन सकेको छैन। 

एउटै विश्वकपमा धेरै गोल गर्ने खेलाडी

कुनै पनि विश्वकप शुरु हुँदा गोल्डेन बुट कसले पाउँछ भन्ने अनुमान निकै हुन्छ। कुनै पनि विश्वकपमा जसले धेरै गोल गर्यो, त्यसले गोल्डेन बुट पाउने गर्छ। यस्तो एकै विश्वकपमा धेरै गोल गर्ने कीर्तिमान फ्रेन्च स्ट्राइकर जुस्टो फोन्टेनीको नाममा छ। उनले ६ खेलमा १३ गोल गरेर रेकर्ड कायम राखेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।