सोमबार, असार २९, २०८३

बजेटका विषयमा जवाफ दिदैँ अर्थमन्‍त्री 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेटमाथि उठेका प्रश्नको आज (आइतबार) अर्थमन्त्री डा युवराज खतिवडाले जवाफ दिने भएका छन् ।

प्रतिनिधिसभामा जारी छलफल आजै सकिने र त्यसलगतै अर्थमन्त्री खतिवडाले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

शुक्रबार नै छलफल सक्नेगरि तयारी गरिए पनि बोल्ने सांसद्हरु बाँकी नै रहेकाले बजेटमाथिको सैद्धान्तिक छलफल आजसम्म लम्बिएको हो । राष्ट्रियसभामा भने शुक्रबार नै छलफल सकिएको छ । 

अर्थमन्त्रीको जवाफपछि संसद्मा मन्त्रालयगत रुपमा बजेटका शीर्षकमाथि छलफल सुरु हुनेछ । मन्त्रालयगत छलफलपछि विभागीय मन्त्रीले जवाफ दिनेछन्। मन्त्रीको जवाफपछि बजेट पारितको प्रक्रिया सुरु हुनेछ ।

संसद् सचिवालयले मन्त्रालयगत विवरण समेटिएको रातो किताब भाग दुई पाइसकेको छैन। उक्त विवरण प्राप्त भएपछि मन्त्रालयगत रूपमा बजेट छलफल हुनेछ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।