सोमबार, असार २९, २०८३

कामचोर ठेकेदारविरुद्ध उत्रिए अखबार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आइतबार राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक फरक विषयलाई मुख्य समाचार बनाएका छन् । 

ठेकेदारको लापरबाहीले हद नाघेपछि सरकार कडा रुपमा प्रस्तुत हुन लागेको विषयलाई आजको नयाँ पत्रिका र नागरिक दैनिकले मुख्य समाचार बनाएका छन् । नयाँ पत्रिका दैनिकले काठमाडौंको सडकको अवस्था दर्शाउदै ठेकेदारको लापरबाहीका कारण सडक दयनीय बनेको उल्लेख गरेको छ । 

उसले लेखेको छ– ठेक्का लिन साम दाम दण्ड भेद प्रयोग गर्ने ठेकेदार निर्माणमा उदासीन बन्दा जनता सास्ती खेप्न बाध्य छन् । सरकार काम नगर्ने ठेकेदारमाथि कारबाही गर्ने तयारीमा छ । ठेकेदारले अदालत, अख्तियार र स्थानीय अवरोधलाई बाहनाका रुपमा प्रयोग गर्दै आएको नयाँ पत्रिकाले लेखेको छ ।
 
यस्तै नागरिक दैनिकले कामचोर ठेकेदार शीर्षकमा कभर स्टोरी छापेको छ । कर्णाली ब्युरोले लेखेको यो खबर अनुसार सम्झौताअनुसार काम सम्पन्न नगर्ने ठेकेदारको नाम र आयोजनाको विवरण धमाधम संकलन गरेर गृहमन्त्रालयमा पठाइँदैछ । समयमै काम सम्पन्न नगर्ने स्थानीय उपभोत्ता समितिलाई पनि कारबाहीको दायरामा ल्याइएको छ । 

आजको कान्तिपुर दैनिकले भने तीनै तहमा गरि १ लाख ११ हजार कर्मचारी आवाश्यक पर्ने एक सर्वेक्षणले देखाएको खबरलाई विशेष प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेको छ । कर्मचारी संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार संघमा ३० हजार, प्रदेशमा २१ हजार र स्थानीय तहमा ६० हजार कर्मचारी आवाश्यक पर्छ । जसअनुसार २५ हजार नयाँ कर्मचारी आवाश्यक पर्छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।