शुक्रबार, असार २६, २०८३

आईपीएलमा दुई नयाँ कप्तानको पहिलो भिडन्त

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज बिहीबार राति राजस्थान रोयल्सले दिल्ली क्यापिटलको सामना गर्दैछ।
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज बिहीबार राति राजस्थान रोयल्सले दिल्ली क्यापिटलको सामना गर्दैछ। सुरुआती खेलमा उत्कृष्ट प्रदर्शन गरेका राजस्थानका सन्जू समसन यो सिजनबाट क्लबका कप्तान छन्।

उता दिल्ली क्यापिटलका कप्तान श्रेयस अयर चोटका कारण प्रतियोगितामा सहभागी बन्न नसकेपछि ऋषभ पन्तले टिम सम्हालिरहेका छन्। पन्त युवा विकेटकिपर ब्याट्सम्यान हुन् भने समसन युवा ब्याट्सम्यान हुन्।

आईपीएल कप्तानीमा देखिएका दुई नयाँ अनुहारबीच आज को र कसको रणनीति बलियो भन्ने टुंगो लाग्नेछ।

मुम्बई रंगशालामा नेपाली समयअनुसार आज राति पौने आठ बजे सुरु हुने खेलमा दिल्ली लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ भने राजस्थान सुरुआति जित निकाल्ने अवसरको खोजिमा रहनेछ।

आफ्नो पहिलो खेलमा दिल्लीले महेन्द्र सिंह धोनी कप्तानीको चेन्नई सुपर किंग्सलाई पराजित गरेको थियो। यता राजस्थानले भने पञ्जाबसँग हार बेहोरेको थियो।

यता दिल्ली र राजस्थानबीच आईपीएलमा २२ खेल हुँदा दुवै टिमले समान ११–११ खेल जितेका छन्। समसन र पन्तको रेकर्ड पनि मिल्दोजुल्दो छ। ठूला प्रतियोगितामा ब्याट्सम्यान समसनले १२२ पटक छक्का प्रहार गर्दा पन्तले १०३ छक्का हानेका छन्।

आईपीएलमा पनि दुवै खेलाडीको उत्तिकै योगदान छ।
 

प्रकाशित: Apr 15, 2021| 07:28 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।