सोमबार, असार २९, २०८३

‘बजेटको खीसिटिउरी आवश्यक छैन’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुपन्देही । उर्जामन्त्री बर्षमान पुनले सरकारले ल्याएको बजेटका विषयमा अनावश्यक टिप्पणी गर्नु जरुरी नरहेको  बताएका छन् । 

नवलपरासीमा एन्भिपार इनर्जी एण्ड फर्टलाईजर प्रालीले शुरु गरेको वायोग्यास कम्पनीको अपरेसन उद्घाटन गर्दै सोचविचार गरेर ल्याएको बजेटले नेपाललाई समृद्धिको बाटोमा अघि बढाउने बताए । 

बजेटलाइ लिएर नकारात्मक टिप्पणी भएको विषयमा प्रतिवाद गर्दै मन्त्री पुनले भने, ‘कसैले पनि बजेटको खीसिटिउरी गर्नु जरुरी छैन, १८ अर्बको पुँजिगत खर्च छ । आठ प्रतिशत आर्थिक वृद्धिदर हुनेगरी बजेट प्रस्तुत भएको छ । ’

मन्त्री पुनले उर्जा, सिंचाई  मन्त्रालयलाई एक खर्ब १० अर्बको बजेट विनियोजन भएको जनाउदैं अबको दशक उर्जा र सिंचाईको दशक हुने पनि बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।