सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फेरि बढ्यो इन्धनको मूल्य, अब पेट्रोल प्रतिलिटर ११३ रुपैयाँ

फेरि बढ्यो इन्धनको मूल्य, अब पेट्रोल प्रतिलिटर ११३ रुपैयाँ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं ।  नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार अब पेट्रोल, डिजेल, तथा मट्टीतेलमा प्रतिलिटर तीन-तीन रुपैयाँ मूल्य वृद्धि भएको छ ।

वृद्धि भएको मूल्यपछि अब पेट्रोलको प्रतिलिटर मूल्य एक सय १३ रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा भने प्रतिहजार लिटरमा ७५ डलर वृद्धि गरेको छ । 

नयाँ मूल्य सूची शनिबार राति १२ बजेदेखि लागू हुने निगम सञ्चालक समितिका सञ्चालक अरविन्द अग्रवालले जानकारी दिए ।

पछिल्लो समय भएको समायोजनपछि पनि निगमलाई इन्धनमा घाटा छ । पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ५९ पैसा तथा डिजेलमा तीन रुपैयाँ ४९ पैसा घाटा रहेको निगमले जनाएको छ । खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर एक सय ३९ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ। 

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढेकाले नेपालमा पनि समायोजनका क्रममा वृद्धि भएको निगमले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।