शुक्रबार, माघ ९, २०८२

विराट गोल्डकप : एपीएफ उपाधि नजिक

शसस्त्र प्रहरीको एपीएफ विराट गोल्डकपको उपाधि नजिक पुगेको छ।
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

विराटनगर – शसस्त्र प्रहरीको एपीएफ विराट गोल्डकपको उपाधि नजिक पुगेको छ। बुधबार राति सम्पन्न पहिलो सेमीफाईनल खेलमा घरेलु टोली विराटनगर ११ लाई ३–२ गोल अन्तरले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो।

National life

एपीएफको जितका लागि सनिश श्रेष्ठ, रवी थिंग र मणि लामाले गोल गरेका थिए। खेलको सुरूवातमा दुवै टिम आक्रमक देखिए पनि पहिलो हाफको २६औं मिनेटमा एपीएफका सनिश श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। पहिलो गोल खाएपछि दबाबमा परेको विराटनगरले पहिलो हाफमा खेल बराबरीमा ल्याउन निकै संघर्ष गर्‍यो। तर, सफल हुनसकेन।  

खेलको ५३औं मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेपर समिरले डिबक्स एरिया नजिक बललाई होल्ड गरि गरेको प्रहार गोलमा परिणत भयो। समिरले गोल गरेसँगै खेल बराबारीमा ल्याए । खेलको ६७औं मिनेटमा एपीएफका रबि थिंगले गोल गरि टिमलाई अग्रता दिलाए। 

विराटनगरले ६९औं मिनेटमा गोल गरि खेललाई २–२ ओ अवस्थनमा पुर्‍यायो। विराटनगरका प्रकाश बुढाथोकीले पेनान्टी एरियादेखि वान टच बललाई गोलमा परिणत गराउँदै खेल बराबरीमा ल्याएका हुन्। 

निर्धारित समयसम्म खेल २–२ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थपगरिएको थियो। अतिरिक्त समयको २७औं मिनेटमा एपीएफका मणि लामाले डिबक्स बाहिरदेखि गरेको प्रहार गोलमा परिणत भएको थियो। लामाले गरेको गोल टिमको जितको लागि निर्णायक बन्यो। खेलको म्यान अफ द म्याच एपीएफका मणि लामा घोषित भए। उनले नगद १० हजार पाए। 

Laxmi sunrise bank
kumari

बिहीबार साँझ हुने अन्तिम सेमीफाईनल खेलमा संकटा क्लब काठमाडौं र भारतको पंजावपुलिस क्लव वीच प्रतिष्पर्धा हुनेछ।

प्रकाशित: Apr 15, 2021| 01:11 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।