शुक्रबार, माघ ९, २०८२

बैंगलोरसँग पराजित हुँदै त्रिभुवन आर्मी एएफसी कपबाट बाहिरियो

भारतको गोवामा बुधबार राति सम्पन्न खेलमा बैंगलोर फुटबल क्लबसँग पराजित हुँदै त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कपको प्रिलिमिनरी राउन्डबाटै बाहिरिएको छ।
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

काठमाडौं – भारतको गोवामा बुधबार राति सम्पन्न खेलमा बैंगलोर फुटबल क्लबसँग पराजित हुँदै त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कपको प्रिलिमिनरी राउन्डबाटै बाहिरिएको छ।

National life

गोवाको जीएमसी रंगशालामा भएको खेलमा आर्मी ५–० गोलअन्तरले पराजित हुँदै एएफसी कपबाट बाहिरिएको हो।

खेलको प्रहिलो हाफ प्रतिस्पर्धात्मक बने पनि कमजोर देखिएको आर्मीमाथि बैंगलोरले निरन्तर दबाब बनाएको थियो। तर, गोल सम्भव नभएपछि खेल भने गोलरहित बराबरीमा रोकियो।

दोस्रो हाफको ५१औं मिनेटमा इन्डियाका राहुल भेखेले गोल गर्दै बैंगलोरलाई अग्रता दिलाएका थिए। पहिलो गोलको एक मिनेट नबित्तदै सुनिल क्षेत्रीले गोल गरेपछि घरेलु टिमले दुई गोलको अग्रता बनायो।

त्यस्तै, खेलको ६१  मिनेटमा ब्राजिलयन फरवार्ड क्लेइटन सिल्वाले गोल गरेपछि तीन गोलको अग्रताबनाएको बैंगलोरलाई उनले नै ६५औं मिनेटमा गोल गर्दै चार गोलको अग्रता पुर्‍याए।

Laxmi sunrise bank
kumari

६५औं मिनेटमै भेखेले पुनः गोल गरेपछि बैंगलोरले खेलको दोस्रो हाफको १५ मिनेटबीच नै पाँच गोल पुरा गर्‍यो। त्यसपछि भने गोल संभव हुन सकेन।

यससँगै आर्मी प्रिलिमिनरी राउन्डबाट बाहिरिएको छ। बैंगलोर भने अर्को चरणमा प्रवेश गरेको छ।

आर्मीले प्रिलिमिनरी अघिको प्ले अफमा श्रीलंका पुलिसलाई ५–१ गोलले पराजित गरेको थियो।

प्रकाशित: Apr 15, 2021| 00:54 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।