शुक्रबार, माघ ९, २०८२

सदस्य–सचिव सिलवाल, थापा र संगिना विभूषित

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेप प्रशासन विभागका प्रमुख कुलबहादुर थापा र ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य नेपाल सरकारले प्रदान गर्ने पदकबाट बुधबार विभूषित भएका छन्।
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेप प्रशासन विभागका प्रमुख कुलबहादुर थापा र ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य नेपाल सरकारले प्रदान गर्ने पदकबाट बुधबार विभूषित भएका छन्।

National life

राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित एक विशेष समारोहबीच उनीहरुलाई पदक प्रदान गरिन्। सदस्य–सचिव सिलवाल सुप्रबल जनसेवाश्री तृतीय श्रेणी तथा थापा र संगिना प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभूषित भए।

सदस्य–सचिव सिलवाल २०७६ साल असार २३ गते पहिलोपटक राखेपको सदस्य–सचिवमा नियुक्त भएर १३ औं दक्षिण एसियाली खेलकुद (साग) सफल रुपमा सम्पन्न गराएका थिए। उक्त सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य जितेको थियो।

थापा समारोह विज्ञका रुपमा परिचित छन्। उनले पाँचौंदेखि आठौं राष्ट्रिय खेलकुदको समारोह व्यवस्थापनमा मुख्य जिम्मेवारीमा रहेर कार्य गरेका थिए। मुख्य जिम्मेवारीमै रहेर थापासँग आठौं सागमा पनि समारोह समितिमा काम गरेको अनुभव छ। १३ औं सागमा थापाले समारोह समितिमा सविच र निर्देशकको भूमिका निर्वाह गरेका थिए।

त्यस्तै, संगिना छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुन्। संगिनाले सन् २००४ को ग्रिसमा भएको २८ औं संस्करणको एथेन्स ओलम्पिकमा छनोट चरण पार गर्दै नेपालको प्रतिनिधित्व गरेकी थिइन्।

Laxmi sunrise bank
kumari

सागको दुई संस्करण आठौं र नवौंकी स्वर्णधारी संगिना एसियाली तेक्वान्दो च्याम्पियनसिपको पनि स्वर्ण विजेता हुन्। रियो ओलम्पिक– २०१६ र १३ औं सागमा संगिना प्रशिक्षकको भूमिकामा थिइन्। नेपालले १३ औं सागको तेक्वान्दोमा १२ स्वर्ण, ६ रजत र ११ कांस्य जितेको थियो। तेक्वान्दोमा सहभागी २९ खेलाडीमा सबैले पदक जितेका थिए।

प्रकाशित: Apr 14, 2021| 13:25 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।