शुक्रबार, असार २६, २०८३

थ्री–नेसन्स सिरिजका लागि नेपाली टिम घोषणा

यही वैशाख ४ गतेबाट सुरु हुने नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित थ्री–नेसन्स कपको लागि नेपाली टिमको घोषणा भएको छ।
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

काठमाडौं– यही वैशाख ४ गतेबाट सुरु हुने नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित थ्री–नेसन्स कपको लागि नेपाली टिमको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ क्यानले आज सूचना जारी गर्दै टिम घोषणा गरेको हो। ज्ञानेन्द्र मल्लको कप्तानी र दिपेन्द्र सिंह ऐरीको उपकप्तानीको १५ सदस्यीय टिम क्यानले सार्वजनिक गरेको हो।

सिरिजका लागि तीन दिन बाँकी रहँदा दुई पाहुना टिम भने चैत ३१ गते नेपाल आइसकेका छन्। विदेशी टिम अहिले क्वारेन्टिनमा छन्। 

नेपाली टिम

ज्ञानेन्द्र मल्ल, पारस खड्का, सोमपाल कामी, सन्दीप लामिछाने, आरिफ सेख, कुशल भुर्तेल, साहब आलम, सुशन भारी, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, करण केसी, अविनाश बोहरा, आसिफ शेख, कुशल मल्ल, कमल सिंह ऐरी
 

प्रकाशित: Apr 14, 2021| 08:01 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।