शुक्रबार, माघ ९, २०८२

त्रिभुवन आर्मी र बैंगलोरबीचको फुटबल खेल आज

एएफसी कप प्रिलिमिनरी राउन्डअन्तर्गतको दोस्रो चरणको खेलमा आज त्रिभुवन आर्मी फुटबल क्लबले बैंगलोर फुटबल क्लबको सामना गर्दैछ।
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

काठमाडौं - एएफसी कप प्रिलिमिनरी राउन्डअन्तर्गतको दोस्रो चरणको खेलमा आज त्रिभुवन आर्मी फुटबल क्लबले बैंगलोर फुटबल क्लबको सामना गर्दैछ।

National life

आज राति पौने ८ बजेबाट सुरु हुने खेल गोवाको जीएमसी रंगशालामा हुनेछ।

तुलनात्मक रुपमा बलियो मानिएको बैंगलोर क्लबमा इन्डिन राष्ट्रिय टिमका खेलाडीसमेत छन्। अन्तर्राष्ट्रिय गोलमा मेस्सीलाई समेत पछि पारेका सुनिल क्षेत्री रहेको क्लबमा स्पेन, ब्राजिल र अष्ट्रेलियाका खेलाडी छन्।

बार्सिलोना बी, मायोर्का बी जस्ता टिमबाट खेलिसकेका खेलाडी बैंगलोरमा हुनुले नेपाली टिमलाई चुनौती थपेको छ। यता आर्मीका केही खेलाडीलाई कोभिड–१९ को संक्रमण देखिएपछि उनीहरू खेलमा सहभागी बन्न पाएनन्।

यी सबै खेलाडीको अनुभव र महत्व बुझेका आर्मीका प्रशिक्षक नवीन न्यौपानेले यो खेललाई निकै चुनौतीको रुपमा लिएका छन्। उनी भन्छन्, ‘यो खेलमा हाम्रो लक्ष्य पछिल्लो खेलमा गरेका गल्ती नदोहोर्‍याउने रहने छ। हामी बेस्ट दिनेछौं। तर, कोभिड लागेका खेलाडीको अभाव चाहिँ हामीमाझ रहने नै छ।’

Laxmi sunrise bank
kumari

त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो हुँदै प्रिलिमिनरी राउन्ड प्रवेश गरेको थियो। २०१९–२० को आईएसएलमा तेस्रो स्थानमा रहेको बैंगलोर पनि दक्षिण एसियाबाट प्रिलिमिनरी राउन्डमा प्रवेश गरेको हो।

प्रकाशित: Apr 14, 2021| 03:42 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।