सोमबार, कात्तिक ३, २०८२

काेराेना कहरमा आशातीत जीवन

कोभिड महामारीमा मात्रै सीमित रहेन २०७७, राजनीतिक रूपमा पनि अस्थिर रह्यो। 
 |  बुधबार, वैशाख १, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, वैशाख १, २०७८

काठमाडौं - २०७७ नेपालीका लागि कहरपूर्ण वर्ष बन्यो। चाहे त्यो आर्थिक रुपमा होस् वा मानसिक। 

Kumaribank

हरेक क्षेत्रले पीडाको महसुस गर्नुपर्‍यो। कारण- कोभिड महामारी। 

२०७६ को अन्त्यतिरबाट सुरु भएको कोभिडको पहिलाे लहरकाे प्रभाव झण्डै मंसिर–पुससम्मै रह्यो। 

कोरोनाविरुद्धका भ्याक्सिन आउन थालेपछि र कोरोना प्रभाव कम देखिएपछि जनजीवन बिस्तारै सामान्य बन्दै गयो। यद्यपि पुनः कोभिडको दोस्रो लहर सुरु हुन लागेको छ। 

कोभिडले आर्थिक, सामाजिक पक्षलाई मात्रै प्रभाव पारेन, सांस्कृतिक पक्षमा पनि अपूरणीय क्षति पुग्यो।

Metro Mart

कोभिड महामारीमा मात्रै सीमित रहेन २०७७, राजनीतिक रूपमा पनि अस्थिर रह्यो। 

नेपाल समयले २०७७ का केही आशातित र कहरपूर्ण तस्बिरलाई यहाँ प्रस्तुत गरेको छ। 

काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरणकाे उद्घाटन गरिँदै।
पहिलाे चरणमा काेराेनाविरूद्धकाे खाेप लगाएका व्यक्ति।
महिला हिंसाविरूद्ध काठमाडाैंमा गरिएकाे प्रदर्शन।
नागदहमा पाैडीमा रमाउँदै बालकहरू।
भक्तपुरमा भव्य बनाइने बिस्केट जात्रा इतिहासमै पहिलाेपटक गत वर्ष राेकिएकाे थियाे।
निषेधाज्ञाका बेला राताे मच्छिन्द्रनाथकाे रथ तान्ने क्रममा भएकाे झडप। 
हरेक नागरिककाे शतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने माग गर्दै बालुवाटारमा सरकारविरुद्ध गरिएकाे प्रर्दशन।

शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि नेत्रविक्रम चन्द।
लखनखेलमा आरडीटी परीक्षणका लागि पर्खिरहेका स्वास्थ्यकर्मी।
लकडाउनका बेला राजधानीबाट पैदल घर जान लागेका सर्वसाधारण थानकाेटमा खाना खाँदै।
राताे मच्छिन्द्रनाथकाे महास्नानका क्रममा उपस्थित जीवित देवी कुमारी।
संसद् विघटनकाे विराेधमा तत्कालीन नेकपाकाे दाहाल-नेपाल समूहले राजधानीकाे भृकुटीमण्डपमा आयाेजना गरेकाे सभा।

 

कीर्तिपुरबाट देखिएका  हिमाल।
लकडाउनकाे ३९औं दिनमा भक्तपुरस्थित इँटाभट्टामा काम गर्दै एक महिला मजदुर।

प्रकाशित: Apr 14, 2021| 05:50 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।