शुक्रबार, असार २६, २०८३

पार्टोलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको अन्तिम चारमा

पोर्चुगिज क्लब पोर्टोलाई हराउँदै इङ्गलिस क्लब चेल्सी यूईएफए च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको छ।
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

काठमाडौं – पोर्चुगिज क्लब पोर्टोलाई हराउँदै इङ्गलिस क्लब चेल्सी यूईएफए च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको छ।

स्पेनको सेभियामा सम्पन्न दोस्रो लेगको खेलमा १–० गोलअन्तरले हार बेहोरेको भए पनि सोही मैदानमा भएको पहिलो लेगको खेलमा भने चेल्सीले २–० गोलको जित निकालेको थियो।

यसकारण समग्रमा २–१ गोलको नतिजाका साथ चेल्सी सेमीफाइनल पुगेको हो भने पोर्टो जारी सिजनका च्याम्पियन्स लिगबाट बाहिरिएको हो।

मंगबार रातिको खेलमा पोर्टोको जितका लागि मेहेदी तारेमीले गोल गरेका थिए। त्यस्तै पहिलो लेगमा चेल्सीले जित निकाल्दा मेसन माउन्ट र बेन चिलविलले समान १–१ गोल गरेका थिए।

च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति रियल मड्रिडले लिभरपुलको सामना गर्नेछ भने बोरुसिया डर्टमन्डले म्यानचेस्टर सिटीको सामना गर्नेछ।

प्रकाशित: Apr 14, 2021| 02:01 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।