शुक्रबार, माघ ९, २०८२

आईपीएलमा मुबई इन्डियन्सको पहिलो जित

साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो जित निकालेको छ।
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

काठमाडौं – साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो जित निकालेको छ। मंगलबार राति चेन्नईंको चिदम्बरम् रंथशालामा उसले कलकत्ता नाइट राइडर्सलाई १० रनले हराउँदै पहिलो जित निकालेको हो।

National life

टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले पुरा ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर १५२ रन बनाएको थियो। १५३ रनको लक्ष्यका साथ मैदान ओर्लिएको कोलकत्ताले निर्धारिन २० ओभरमा सात विकेट गुमाउँदै १४२ रन मात्र बनाउन सकेपछि मुम्बईले जित निकालेको हो।

मुम्बईको जितका लागि सूर्यकुमार यादवले ५६ रन बनाए भने रोहित शर्माले ४३ रन जोडे। त्यस्तै, हार्दिक पाण्डेय र क्रुणल पाण्डेयले समान १५–१५ रनको योगदान दिए।

बलिङतर्फ कोलकत्ताका आन्द्रे रसेल एक्लैले पाँच विकेट गिराउँदा पट कमिन्सले दुई विकेट लिए। वरुण चक्रवर्ती, शकिब अल हसन र प्रसिद कृष्णले समान १–१ विकेट गिराए।

जवाफी ब्याटिङमा कोलकत्ताका निचिश रानाले ५७ र शुभमन गिलले ३३ रन बनाए पनि अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्। मुम्बईका क्रुणल पाण्डेयले चार ओभर बलिङ गर्दै तीनको इकोनोमीमा एक विकेट लिए। त्यस्तै, राहुल चरहले चार विकेट गिराउँदा ट्रेन्ट बोल्टले पनि दुई विकेट लिए।

Laxmi sunrise bank
kumari

यससँगै आईपीएलमा दिल्ली, मुम्बई, पञ्जाब, बेग्लोर र कोलकत्ताको सामान २–२ अंक छ। राजस्तान, हैदराबाद र चेन्नई भने अंकविहीन छन्। सबैले समान १–१ खेल खेल्दा मुम्बई र कोलकत्ताले दोस्रो चरणको खेल सुरु गरेका छन्।

प्रकाशित: Apr 14, 2021| 01:31 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।