शुक्रबार, माघ ९, २०८२

विराट गोल्डकपको सेमिफाइनलमा संकटा

संकटा क्लव विराटनगरमा जारी छैठौं विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। 
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

विराटनगर – संकटा क्लव विराटनगरमा जारी छैठौं विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

National life

सहिद मैदानमा मंगलबार राति सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाई १–० गोलले हराउँदै संकटा सेमिफाइनल प्रवेश गरेको हो। 

जितसँगै संकटाले बिहीबार दोस्रो सेमिफाइनल खेलमा भारतको पन्जावपुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। 

अन्तिम क्वाटरफाइनल खेलमा दुवै टिम आक्रमक देखिएपछि पहिलो हाफसम्म दुवै टिमले गोल रहित बराबरी खेले। संकटाको जितका लागि ६१औं मिनेटमा गणेश हमालले गरेको गोल नै जितका लागि निर्णायक बन्यो। संकटाका विदेशी खेलाडी ओडी गोल्रीले क्रस साइटदेखि निकालिएको पास गणेशले हेडमार्फत गोल पोस्टमा पुगाए।

पहिलो गोल खाएपछि दबाबमा परेको क्यामरुनले खेल बराबारीमा ल्याउन निकै संघर्ष गर्‍यो। तर, सफलहुन सकेन। पोखरामा सम्पन्नभएको आरा रारा गोल्डकपमा हार व्यवहोरेपछि विराट गोल्डकपमा बदला लिने क्यामरुनको रणनीति पनि बिफल भएको छ। दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीले क्यामरुन दोस्रो हाफमा १–० ले पछि पर्‍यो। 

Laxmi sunrise bank
kumari

खेलको म्यानअफ द म्याच संकटाका गोल रक्षक राजाबावु थापा घोषित भए। उनले नगद १० हजार प्राप्त गरे। प्रतियोगिताअन्तर्ग बुधबार साँझ विराटनगर–११ र शसस्त्रको एपीएफवीच खेल हुने छ।

प्रकाशित: Apr 14, 2021| 01:19 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।