काठमाडौं – डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकलाई अवे गोलका आधारमा पछि पार्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश गरेको छ।
बायर्नको मैदानमा भएको पहिलो लिगको खेलमा उसले तीन अवे गोल गर्दै ३–२ गोलको जित निकालेको थियो।
तर, मंगलबार राति घरेलु मैदानमा भएको खेलमा भने पीएसजीले जित निकाल्न सकेन। बरु बायर्नले १–० गोलको जित निकाल्यो। दोस्रो लेगमबा बायर्नका लाग एरिक म्याक्सिम चुपोमाटिङले एक गोल गरेका थिए।
यसकारण बायर्नले घरेलु मैदानमा दुई र अवे मैदानमा एक गोल गर्दै समग्रमा तीन गोल जोड्यो। पीएसजीले चाहिँ बायर्नकै मैदानमा तीन गोल गर्दा दुवै खेलको समग्र नतिजा ३–३ गोलको बराबरी भएको थियो।
च्याम्पियन्स लिगमा अवे गोलको मान्यता धेरै हुने भएकाले पीएसजी सेमीफाइनलमा क्वालिफाई भएको हो। यता बायर्न भने क्वार्टरफाइनलबाटै बाहिरिएको छ।
च्याम्पियन्स लिगको अन्तिम आठको खेलमा आज राति लिभरपुलले घरेलु मैदानमा रियल मड्रिडको सामना गर्नेछ भने म्यानचेस्टर सिटीले बोरुसिया डर्टमन्डसँग खेल्नेछ।