शुक्रबार, असार २६, २०८३

बायर्नलाई पछि पार्दै पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा

डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकलाई अवे गोलका आधारमा पछि पार्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश गरेको छ।
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

काठमाडौं – डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकलाई अवे गोलका आधारमा पछि पार्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश गरेको छ।

बायर्नको मैदानमा भएको पहिलो लिगको खेलमा उसले तीन अवे गोल गर्दै ३–२ गोलको जित निकालेको थियो।

तर, मंगलबार राति घरेलु मैदानमा भएको खेलमा भने पीएसजीले जित निकाल्न सकेन। बरु बायर्नले १–० गोलको जित निकाल्यो। दोस्रो लेगमबा बायर्नका लाग एरिक म्याक्सिम चुपोमाटिङले एक गोल गरेका थिए।

यसकारण बायर्नले घरेलु मैदानमा दुई र अवे मैदानमा एक गोल गर्दै समग्रमा तीन गोल जोड्यो। पीएसजीले चाहिँ बायर्नकै मैदानमा तीन गोल गर्दा दुवै खेलको समग्र नतिजा ३–३ गोलको बराबरी भएको थियो।

च्याम्पियन्स लिगमा अवे गोलको मान्यता धेरै हुने भएकाले पीएसजी सेमीफाइनलमा क्वालिफाई भएको हो। यता बायर्न भने क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

च्याम्पियन्स लिगको अन्तिम आठको खेलमा आज राति लिभरपुलले घरेलु मैदानमा रियल मड्रिडको सामना गर्नेछ भने म्यानचेस्टर सिटीले बोरुसिया डर्टमन्डसँग खेल्नेछ।

प्रकाशित: Apr 14, 2021| 01:13 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।