शुक्रबार, असार २६, २०८३

भूपेन्द्र र सनीललाई एबीसी एलिट बक्सिङको उपाधि

पुरुष ६४ केजी भूपेन्द्रले पवन गुरुङलाई र ६९ केजीमा सनीलले नेपाल आर्मी क्लबका रवि सुनारलाई फाइनलमा पराजित गर्दै उपाधि पक्का गरेका हुन्।
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

काठमाडौं- नेपाल प्रहरी क्लबका भूपेन्द्र थापा मगर र ललितपुरका फ्रिलान्स बक्सर सनिल शाही एएसबीसी एलिट पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा पहिलो भएका छन्।

नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारी दुवै खेलाडीले मंगलबार सम्पन्न प्रतियोगितामा उपाधि जितेका हुन्।

पुरुष ६४ केजी भूपेन्द्रले पवन गुरुङलाई र ६९ केजीमा सनीलले नेपाल आर्मी क्लबका रवि सुनारलाई फाइनलमा पराजित गर्दै उपाधि पक्का गरेका हुन्।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष ४९ केजीमा आर्मीका सुशील थापा मगरले सुर्खेतका मोहन गुरुङ, आर्मीका प्रेम चौधरीले नेपाल प्रहरी क्लबका चन्द्रबहादुर थापा, ५६ केजीमा नेपाल एपीएफ क्लबका पुरन राईले आर्मीका पुरन सुनुवार, ६० केजीमा बक्समान्डुका गणेश थापाले आर्मीका विमल रोक्का मगर तथा ९१ केजीमाथि आर्मीका आशिष दुवाडीले आर्मीकै प्रवीण चौधरीलाई फाइनलमा हराउदै पहिलो स्थान हात पारे।

नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको महिला ४६-४८ केजीमा आर्मीकी ललिता महर्जन, ४८-५१ केजीमा एपीएफकी माला राई, ५१–५४ केजीमा १३ औं सागकी स्वर्ण विजेता आर्मीकी मिनु गुरुङ, ५४–५७ केजीमा आर्मीकी चन्द्रकला थापा, ५७–६० केजीमा एपीएफकी संगिता सुनार, ६०–६४ केजीमा आर्मीकी पुनम रावल र ६९ केजीमा एपीएफकी सरस्वती राना मगरले शीर्ष स्थान हात पारे।

तीनदिने प्रतियोगितामा ३४ पुरुष र १६ महिला खेलाडीले समान ७-७ गरी १४ प्रतिस्पर्धा भएका थिए। भारतको नयाँ दिल्लीमा मे २१ देखि ३१ तारिखसम्म हुने प्रतियोगिताका लागि प्रदर्शन र उत्कृष्टताका आधारमा खेलाडी छनोट गरिने बक्सिङ संघका अध्यक्ष राम अवालेले जनाएका छन्।

प्रकाशित: Apr 13, 2021| 14:12 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।