आइतबार, असार २८, २०८३

पाल्पा–बुटवल सडक दिउँसो ४ बजेपछि खुल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पाल्पा– सिद्धार्थ राजमार्ग अन्तरर्गत पर्ने पाल्पा–बुटवल सडकखण्ड दिउँसो ४ बजे पछि मात्रै खुल्ने भएको छ । शुक्रबार पहिरो गएपछि खुलेको सडक पुनः मर्मत गर्नका लागि दिउँसो ४ बजेसम्म बन्द गरिएको हो । 

बिहान १० बजेबाट सडक बन्द गरेर मर्मतको काम भइरहेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर पवित्रमणि आचार्यले जानकारी दिए ।

सिद्धबाबा सडकखण्डको तिनाउँ गाउँपालिका–३ हेडबक्स दोभान क्षेत्रमा सामान्य वर्षा हुँदा समेत पहिरो जान थालेकाले गाडी बन्द गरेर नै पहिरो पन्छाउने र पर्खाल लगाउने काम गर्न थालिएको उनले बताए । 

सामान्उ वर्षामा समेत पहिरो जान थालेपछि पाल्पा हुँदै गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ हिँडेका सवारीसाधन र यात्रु बिच बाटोमै अलपत्र पर्ने गरेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।