आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ठेकेदारलाई गृहमन्त्रीको चेतावनी- 'एक्शन सहन तयार हुनुस्'

ठेकेदारलाई गृहमन्त्रीको चेतावनी- 'एक्शन सहन तयार हुनुस्'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
ताप्लेजुङ- गृहमन्त्री रामबहादुर थापा बादलले जिम्मेवारी लिएको काम इमान्दारीपूर्वक समयमै नसके कारबाही गर्ने चेतावनी दिएका छन् । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको नवनिर्मित भवनको उद्घाटन गर्न शनिबार बिहान ताप्लेजुङ पुगेका गृहमन्त्री थापाले काम नगर्ने जो कोहीमाथि सरकार कठोर बन्ने चेतावनी दिएका हुन् । 

उनले देश विकासको जिम्मेवारीबाट च्युत भएर बेईमान नबन्न निमार्ण व्यवसायीलाई आग्रह गरे । जिम्मेवारीबाट पन्छनुलाई अपराधको संज्ञा दिँदै यस्ता उपर सरकार कठोर बन्ने चेतावनी समेत दिए ।  
उनले भने, 'अब सरकार सिधै एक्सनमा जान्छ, जसले इमान्दारितापूर्वक काम गरेको छैन्, उसलाई कारबाही गरेरै छाड्छौ ।' 

निमार्ण व्यवसायीलाई देश विकासको प्रमुख साझेदार मानेर पूरै निमार्णको जिम्मेवारी दिएपनि जिम्मेवारीबाट भागेर मुलुकको विकासको गति रोक्ने कार्य गरे त्यो अपराध हुने गृहमन्त्री थापाको भनाई थियो । 

उनले जिम्मेवारीबाट भागेकाहरूलाई कारवाही भोेग्ने वा काममा फर्कने दुईमध्ये एक बिकल्प रोज्न सुझाव दिए । गृहमन्त्री थापाले इमान्दारितापूर्वक काम नगर्ने ठेकेदारको सूचि बनाउने क्रम अन्तिम चरणमा पुगेको र त्यस्ता ठेकेदारविरुद्ध कडा रुपमा प्रस्तुत हुने पनि जानकारी गराए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।