शुक्रबार, असार २६, २०८३

मेयर कपमा प्रदेश १ को दोस्रो हार 

ललितपुर मेयर कप टी–२० क्रिकेटअन्तर्गत मंगलबार सम्पन्न दोस्रो खेलमा प्रदेश १ ले सुदूरपश्चिमसँग ४० रनको हार बेहोरेको छ। 
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

काठमाडौं- ललितपुर मेयर कप टी–२० क्रिकेटअन्तर्गत मंगलबार सम्पन्न दोस्रो खेलमा प्रदेश १ ले सुदूरपश्चिमसँग ४० रनको हार बेहोरेको छ। 

टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा १२९ रन बनाएको थियो। १३० रनको लक्ष्य पाएको प्रदेश १ ले १८ ओभर पाँच बलमा ८९ रन बनाउँदै सबै विकेट गुमाएपछि खेल सुदुरपश्चिमले जितेको हो।

सुदूरपश्चिमका लागि विन्दु रावलले ५२ रन बनाइन भने रेवती धामीले ३० रन बनाइन्। त्यस्तै, कविता जोशीले २१ रनको योगदान दिइन्। 

प्रदेश १ की सबनम राईले दुई विकेट र ज्याति दनवारले एक विकेट गिराइन्। जवाफी ब्याटिङमा प्रदेश १ की कप्तान रुविना क्षेत्रीले २७ रन बनाइन भने अप्सरी बेगमले २२ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

सुदूरपश्चिमकी लक्ष्मी साउदले चार विकेट लिँदा कविता कुँवर र कविता जोशीले समान २–२ विकेट लिए। यो जितसँगै सुदूरपश्चिम प्रदेश फाइनल नजिक पुगेको छ। यता प्रदेश १ को फाइनलको यात्रा भने अन्य टिमको नजितामा भर पर्नु पर्ने भएको छ।

प्रकाशित: Apr 06, 2021| 14:49 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।