शनिबार, फागुन ३०, २०८२

यु-१२ टेबलटेनिसमा उज्ज्वल र शुभश्री पहिलो

उज्ज्वल मानन्धर र शुभश्री श्रेष्ठ राष्ट्रिय खुला यु–१२ टेबलटेनिस प्रतियोगिताको सिंगल्स स्पर्धामा पहिलो भएका छन्।
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

काठमाडौं- उज्ज्वल मानन्धर र शुभश्री श्रेष्ठ राष्ट्रिय खुला यु–१२ टेबलटेनिस प्रतियोगिताको सिंगल्स स्पर्धामा पहिलो भएका छन्।

National life

मंगलबार भएको खेलमा उज्ज्वल छात्र तथा शुभश्री छात्रातर्फ पहिलो भएका हुन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको छात्रमा शंकर पहरी दोस्रो तथा सार्थक मानन्धर र आर्यन शाही तेस्रो भए।

काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको छात्रामा नर्बदा खाइतु दोश्रो तथा कृस्तिना थापा र अनामिका कस्ती तेस्रो बने।

विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य, टेबलटेनिस संघका केन्द्रीय प्रथम उपाध्यक्षसमेत रहेका आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्य र टेबलटेनिसका मुख्य प्रशिक्षक सन्जिव ढुंगेलले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे।

विश्व टेबलटेनिस दिवसका अवसरमा आयोजित प्रतियोगिताको छात्रमा ३० तथा छात्रामा २० खेलाडी सहभागी थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 06, 2021| 14:14 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।