शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • श्रीलंका पुलिससँगको खेल समूह चरणमा पुग्ने भर्‍याङ : प्रशिक्षक न्यौपाने

श्रीलंका पुलिससँगको खेल समूह चरणमा पुग्ने भर्‍याङ : प्रशिक्षक न्यौपाने

त्रिभुवन आर्मी क्लबले भोलि बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा श्रीलंका पुलिस स्पोर्टस् क्लबको सामना गर्दैछ। 
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

काठमाडौं– त्रिभुवन आर्मी क्लबले भोलि बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा श्रीलंका पुलिस स्पोर्टस् क्लबको सामना गर्दैछ। 

National life

पछिल्लो समय नेपालको शीर्ष फुटबल लिग सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लब विजेता बने पनि ऊसँग एएफसी लाइसेन्स नभएका कारण मछिन्द्रले एएफसी कप खेल्न पाएन।

तर, आर्मी क्लबले गएको असोजमा एएफसी लाइसेन्सिङको सम्पूर्ण मापदण्ड पूरा गरेपछि उसले एएफसी कपको अवसर पाएको हो।

त्यसैले लाइसेन्सको प्रक्रिया पूरा गरेर एएफसी कप खेल्ने आर्मी क्लब नेपालको पहिलो क्लब हो। उसले भोलि पहिलोपटक एएफसीको प्रतियोगिता खेल्दैछ।

गत मार्च ४ मा नेपाल आइपुगेको श्रीलंका पुलिसका प्रशिक्षक जिलाउ अल्फेन्सूले लामो अभ्यास नभए पनि तयारी राम्रो नै भएको बताएका छन्। उनले भने, ‘दुई महिना र एक हप्ताको अभ्यास गरेका हौँ। कोरोनाका कारण लामो समय अभ्यास गर्न पाएनौँ।’

Laxmi sunrise bank
kumari

श्रीलंका पुलिसले एएफसी कप खेल्न अनुमति पाएपछि गत जनवरीबाट मात्र अभ्यास थालेको थियो। कोभिड–१९ महामारीका कारण उसले अभ्यास गर्न पाएको थिएन। त्यसमाथि नेपालले घरेलु मैदानमा खेल्दैछ र नेपालमा फुटबलको क्रेजबारे आफू जानकार रहेको प्रशिक्षक अल्फेन्सू बताउँछन्। ‘आर्मीले घरेलु मैदानमा खेल्दैछ। त्यो फाइदा हामीलाई छैन,’ उनले भने।

उनका अनुसार आर्मीको टिम निकै राम्रो भए पनि आफूहरु यहाँ चुनौती सामना गर्न आएका हुन्। उनले भने, ‘आर्मी निकै चुस्त टिम छ। हामीले थाहा पाएअनुसार नेपाली राष्ट्रिय खेलाडी पनि छन्। तर हाम्रो टिमसँग राष्ट्रिय टिमका खेलाडी छैनन्। तीन विदेशी खलाडी भने छन्।’

श्रीलंका पुलिसका कप्तान चामिका कुमारा झिलाउ भन्छन्, ‘हामीले सबै मिलेर अभ्यास गरेका छौं। तर सानो समयमै निकै अभ्यास गरेका छौं।’

स्थापना भएको सय वर्ष हुँदा श्रीलंकाली पुलिसले पहिलो पटक एएफसी कप खेल्न लागेको हो। यसकारण उनीहरु निकै उत्साहित रहेको कप्तान झिलाउ बताउँछन्। उनले भने, ‘क्लबले घरेलु लिगमा लामो यात्रा र ठूला उपलब्धिपछि मात्र एएफसी खेल्न पाएको हो। त्यसैले उत्साहित छौं। सायद राम्रो हुन्छ होला।’

यता जितको महत्वाकांक्षाका साथ देखिएका त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नविन न्यौपाने आफ्नो तयारीले जित दिलाउने बताउँछन्। गत असोजमा आर्मीले लाइसेन्स पाएदेखि नै तयारी सुरु गरेको थियो। त्यसपछि उसका नौ जना खेलाडी राष्ट्रिय टिममा परेपछि हौसला बढेको प्रशिक्षक न्यौपाने बताउँछन्।

तयारीस्वरुप थ्री नेसन्स कपमा नेपाल आएको कीर्गिस्तानको यू२३ को टिमसँग आर्मीले एउटा मैत्रीपूर्ण खेलेको थियो। ‘कीर्गिस्तानको यू२३सँग मैत्रीपूर्ण खेलेर टिमको कमजोरी थाहा भएको छ,’ उनले भने, ‘तर सेट टिमको अभ्यास गर्न कम सामय पाएका छौं। त्यसैले प्रदर्शन कम होला कि भन्ने थियो। तर त्यो खेलमा मैले देखिन।’

आर्मीका प्रशिक्षक न्यौपाने यो खेललाई एएफसी कपको समूह चरणको खेलमा पुग्ने भर्याङको रुपमा रहेको बताउँछन्। साथै नेपाल आर्मीका खेलाडीले राष्ट्रिय टिममा पर्नका लागि आफूलाई सावित गर्ने ठाउँ रहेको आर्मीकै कप्तान भरत खवास स्वीकार गर्छन्।

‘मैले यो खेललाई भर्याङको रुपमा देखेको छु। यो खेलाडीको खेल देखाउने गेम हो। नेपालमा नयाँ हेड कोच आउनुभएको छ। यो खेलले पनि खेलाडीलाई राष्ट्रिय टिममा जाने अवसर भएको छ,’ प्रशिक्षक न्यौपानेले भने।

उनले  थपे, ‘यो हाम्रो सुरुको खेल हो। तीन खेलमा जितेपछि मात्र हामीले समूह चरणको खेलमा पुग्नेछौं। त्यसैले हामीलाई बराबरीबाहेक अन्य विकल्प नै छैन।’

त्यस्तै, आर्मीका कप्तान भरत खवास आफ्नो सधैं एकै टिम खेल्ने भएकाले गाह्रो नपर्ने बाउँछन्। उनले भने, ‘तयारी राम्रो हो। हामी दुई खेलाडी राष्ट्रिय टिममा थियौँ,’ उनले भने।

एएफसी कप श्रीलंका पुलिसलाई जस्तै आर्मीको लागि पनि अन्तर्राष्ट्रिय खेलमा आफूलाई सावित गर्ने अवसर हो। यो कुरा मनन् गरेका खवास भन्छन्, ‘हामीले यसलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएका छौं। आर्मीको पहिलो अन्तर्राष्ट्रिय टिम हो। हामी सुपर एक्साइटेड छौं। हामी शारीरिक र मानसिक रुपमा तयार भएका छौं। यो नै हाम्रो मुख्य फाइदा हो जस्तो लागेको छ।’

आर्मीका सुमन अर्याल र टेक बहादुर बुढाथोकी चोटग्रस्त भएका कारण उनीहरुले भोलि खेल्ने वा नखेल्नेमा शंका देखिन्छ। बुढाथोकी कीर्गिस्तानविरुद्धको खेलमा घाइते भएका थिए भने सुमन राष्ट्रिय टिमको प्रारम्भिक छनोटमा घाइते भएका थिए। 
 

प्रकाशित: Apr 06, 2021| 06:55 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।