शनिबार, फागुन ३०, २०८२

विराटनगरमा राति खेल गराउन रंगशाला तयार

विराटनगरको सहिद रंगशाला रात्रीकालिन प्रतियोगिताका लागि तयार भएको छ।
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

विराटनगर– विराटनगरको सहिद रंगशाला रात्रीकालिन प्रतियोगिताका लागि तयार भएको छ।

National life

रंगशालामा फ्लड लाइट जडानको काम सम्पन्न भएको छ। रात्रीकालिन प्रतियोगिताका लागि रंगशाला तयार भएपछि मुख्यमन्त्री शेरधन राईले सोमबार साँझ फ्लड लाइटको शुभारम्भ गरे। रंगशालामा बिहिबारदेखि विराट गोल्डकप शुरु हुँदैछ।

तीन वर्षअगाडि  प्रदेश सरकारले प्रतिवद्धता व्यक्त गरे अनुसार फ्लड लाइट जडान गरिएको मुख्यमन्त्री राईले बताए।

सामाजिक विकासमन्त्री उषाकला राईले लाइट सञ्चालनबाट खेलकुदको सञ्चालनमा वृद्धि हुनुका साथै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदेशका खेलाडीहरुको क्षमता वृद्धि हुने विश्वास व्यक्त गरिन्। 

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दवहादुर कार्कीले प्रदेश सरकारको पाँच करोड ४२ लाख लगानीमा फ्लड लाइट जडान गरिएको बताए। गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिवीच ३२ देखि ३५ मिटरसम्मको उचाइ रहने गरी चार वटा मास्ड पोल खडा गरी  प्रत्येक फ्लड लाइट फ्रेममा एक हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी चार करोड २९ लाखमा ठेक्का दिइएको थियो।

Laxmi sunrise bank
kumari

०७७ वैशाख २५ गते सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि कोरोना संक्रमणका कारण निर्धारित अवधिमा सम्पन्न हुन सकेको थिएन। 

प्रकाशित: Apr 06, 2021| 01:11 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।