शुक्रबार, असार २६, २०८३

एभर्टन बराबरीमा रोकियो, उल्भ्स वेस्ट हामसँग पराजित

इंग्लिस प्रिमियर लिग (ईपीएल)अन्तर्गत सोमबार राति सम्पन्न खेलमा एभर्टन क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ।
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल)अन्तर्गत सोमबार राति सम्पन्न खेलमा एभर्टन क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ।

एभर्टनको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम क्रिस्टलसँग १–१ गोलको बारबरीमा रोकिएको हो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफको ५६ औं मिनेटमा गोल गर्दै हामेस रोड्रिग्वेजले एभर्टनलाई अग्रता दिलाएका थिए। तर निर्धारित समयको केही मिनेटअघि क्रिस्टलका मिक्ची बाट्स्हुयाईले गोल गरेपछि खेल बराबरीमा आएको थियो।

बराबरीसँगै एभर्टनले ४७ अंक बनाएको छ भने क्रिस्टल प्यालेसले ३८ अंक बनाएको छ। यी क्लब क्रमशः आठौं र १२ औं स्थानमा छ।

त्यस्तै गएरातिकै अर्को खेलमा उल्भ्सले घरेलु मैदानमा वेस्टहामसँग ३–२ गोलको हार बेहोरेको छ। वेस्ट हामले सुरुवाती ३८ मिनेटमै ३–० गोलको अग्रता बनाए पनि उल्भ्सले पहिलो हाफको अन्तिम मिनेट र दोस्रो हाफमा गोल गर्दै अग्रता घटाएको थियो।

अग्रता घटाए पनि खेलमा जित निकाल्न भने सकेन। यता विजयी वेस्ट हाम ५२ अंकका साथ ईपीएलको चौथो स्थानमा उक्लिएको छ।
 

प्रकाशित: Apr 06, 2021| 00:59 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।