शुक्रबार, असार २६, २०८३

एट्लेटिकोलाई दबाब बनाउँदै बार्सिलोना

स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति सम्पन्न खेलमा बार्सिलोनाले साँघुरो जित निकालेको छ।
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

काठमाडौं– स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति सम्पन्न खेलमा बार्सिलोनाले साँघुरो जित निकालेको छ। बार्सिलोनाको क्याम्प नाउमा भएको खेलमा उसले पाहुना टिम भालाडोलिडविरुद्ध १–० गोलको जित निकालेको हो।

बार्सिलानाको जितका लागि ओउसमान डेम्बेलेले खेलको अन्तिम मिनेटमा गोल गरेका थिए। रोनाल्ड उराहोले खेलको ९० औं मिनेटमा उपलब्ध गराएको पासको सदुपयोग गर्दै डेम्बेलेले गोल गरेका थिए।

बार्सिलोनाको यो जितले शीर्षस्थानको एट्लेटिकोलाई दबाब बढेको छ। ६६ अंक बनाएको एट्लेटिको शीर्षस्थानमा हुँदा ६५ अंक भएको बार्सिलोना दोस्रो स्थानमा छ।
त्यस्तै तेस्रो स्थानमा भएको रियल मड्रिडको पनि ६३ अंक छ। यसकारण ला लिगका उपाधि होड अझै पेचिलो भएको छ।
 

प्रकाशित: Apr 06, 2021| 00:25 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।