शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • किरण चेम्जोङ ‘मार्च फुटबल विन्डो’का सर्वाधिक लोकप्रिय एसियाली खेलाडी

किरण चेम्जोङ ‘मार्च फुटबल विन्डो’का सर्वाधिक लोकप्रिय एसियाली खेलाडी

एसियाली फुटबल महासंघ (एएफसी)ले जारी गरेको १० खेलाडीको पोलमा सर्वाधिक मत पाउँदै नेपाली राष्ट्रिय टिमका कप्तान लोकप्रिय खेलाडी बनेका छन्।
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

काठमाडौं– एसियाली फुटबल महासंघ (एएफसी)ले जारी गरेको १० खेलाडीको पोलमा सर्वाधिक मत पाउँदै नेपाली राष्ट्रिय टिमका कप्तान लोकप्रिय खेलाडी बनेका छन्।

एएफसीले इन्टरनेसनल विन्डोमा फुटबल समर्थकलाई उत्साहित बनाउन र खेलाडीको प्रवर्द्धनका लागि पोल सार्वजनिक गर्ने गरेको थियो। यसै सिलसिलामा पछिल्लो विन्डोमा नेपाली खेलाडी पनि एएफसीको शीर्ष १० खेलाडीमा अटाउन सफल भएका थिए।

बाँकी खेलाडीहरुमा यूएईका अली मब्खोट, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाको, इरानका सरदार अम्जोउन, साउदी अरेबियाका सलेह अल शेहरी, इराकका आला अली मह्वी, बहराइनका मोहम्मद मर्होन, ताजकिस्तानका अलिशहेर जेहालिलोव र जोर्डनका मुसा अल तामरी थिए।

बाँकी सबै प्रतिस्पर्धीलाई पछि पार्दै किरण लोकप्रिय खेलाडी बनेका हुन्। उनले सम्पूर्ण भोटको सर्वाधिक ५५.६९ प्रतिशत मत प्राप्त गरे। दोस्रो हुने साउदी अरेबियाका सहेह अल शेहरीले २०.७२ प्रतिशत मत प्राप्त गरेका छन्।

किरणले पछिल्ला तीन अन्तर्राष्ट्रिय खेलमध्ये दुई क्लिन सिट राखेका थिए भने बंगलादेशसँगको खेलमा एक गोलको सामना गरेका थिए। यससँगै उनले थ्री नेसन्स कपको उपाधि पनि जिते।

प्रकाशित: Apr 05, 2021| 10:45 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।