शनिबार, फागुन ३०, २०८२

महिला भलिबलमा भरतपुर र एपीएफको जित

पाँचौ एनभीए राष्ट्रिय महिला क्लब भलिबल लिगमा भरपुर महानगरले पहिलो जित निकालेको छ।
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

काठमाडौं- पाँचौ एनभीए राष्ट्रिय महिला क्लब भलिबल लिगमा भरपुर महानगरले पहिलो जित निकालेको छ। लिगको चौथो खेल खेलेको भरपुरले अन्तिम खेलमा सहभागी बनेको ढोरपाटनलाई हराउँदै जित निकालको हो।

National life

भरतपुरले ढोरपाटनलाई ३–० को सोझो सेटमा पराजित भयो। पहिलो सेटमा २५–२१ को हार बेहोरेको ढोरपाटनले दोस्रो सटमा १२ अंक बनाउँदा भरतपुरले निर्धारित २५ अंक पुरा गरेको थियो।
त्यस्तै, तेस्रो सेटमा पनि ढोरपाटन १२ अंकले पछि पर्दै खेलमा पराजित भयो। अन्तिम सेटमा भरतपुरले २५ अंक बनाउँदा ढोरपाटनले १३ अंक मात्र बनाउन सक्यो।

भरतपुरले पहिलो जितसहित लिगमा ती अंक जोडेको छ। उसले अन्तिम खेलमा भोलि(मंगलबार) एपीएफको सामना गर्नेछ।
त्यस्तै, आजको दोस्रो खेलमा आर्मीमाथि विभागीय डर्बी एपीएफले ३–१ को पुनरागमन जित निकालेको छ। पहिलो सेटमा आर्मीले २५–१९ को जित निकाले पनि बाँकी सेट एपीएफले जित्यो।

२५–१० को सेटमा दोस्रो जित निकालेको एपीएफले तेस्रो र चौथो सेट २५–१७ र २५–२२ ले जितेको थियो।
यो जितसँगै एपीएफले तीन खेलबाट सात अंक जोडेको छ। हारपछि पनि आर्मीको ८ अंक छ।

प्रकाशित: Apr 05, 2021| 09:18 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।