शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • रंगभेदी टिप्पणीका कारण भ्यालेन्सियाका खेलाडीले छोडे फुटबल मैदान

रंगभेदी टिप्पणीका कारण भ्यालेन्सियाका खेलाडीले छोडे फुटबल मैदान

कार्डिजका जुवन कालासँग पहिलो हाफको झगडापछि भ्यालेन्सियाका मोक्टर दियकबीले रेफ्री डेबिड जिमिनेजसँग उग्र रूपमा विवाद गरेका थिए।
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

काठमाडौं - कार्डिजका जुवन कालासँग पहिलो हाफको झगडापछि भ्यालेन्सियाका मोक्टर दियकबीले रेफ्री डेबिड जिमिनेजसँग उग्र रूपमा विवाद गरेका थिए।

त्यसपछि भ्यालेन्सियाका खेलाडीले आफूविरुद्ध जातीय र रंगभेदी टिप्पणी गरेको भन्दै मैदान छोडेका थिए।

ला लिगाअन्तर्गत आइतबार राति भएको कार्डिज र भ्यालेन्सियाबीचको खेलमा कार्डिजका खेलाडीले रंगभेदी दुव्र्यवहार गरेपछि भ्यालेन्सियाका खेलाडीले फुटबल पिच छोडेका हुन्।

विवाद साम्य भएर खेल पूरा गर्न मैदान प्रवेश गरेको भ्यालेन्सियाले घरेलु टिम कार्डिजसँग २–१ गोलको हार बेहोरेको थियो।

पहिलो हाफको १४ औं मिनेटमा कालाले र १९ औं मिनेटमा भ्यालेन्सियाका केभिन जमेइरोले गोल गरेपछि खेल बराबरीमा रोकिएको थियो।

तर, निर्धारित समयको दुई मिनेट अघि कार्डिजका मार्को लोपेजले गोल गर्दै जित आफ्नो हातमा पारे। यो जितसँगै कार्डिज १२ औं स्थानमा छ।

प्रकाशित: Apr 05, 2021| 01:30 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।