शुक्रबार, असार २६, २०८३

विश्व च्याम्पियनको स्मृतिमा पावर लिफ्टिङ प्रतियोगिता हुने

नेपाल पावर लिफ्टिङ संघले दुईपटकका पावर लिफ्टिङको मास्टर्सतर्फका विश्व च्याम्पियन रुप कार्कीको स्मृतिमा प्रतियोगिता आयोजना गर्ने भएको छ।
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

काठमाडौं- नेपाल पावर लिफ्टिङ संघले दुईपटकका पावर लिफ्टिङको मास्टर्सतर्फका विश्व च्याम्पियन रुप कार्कीको स्मृतिमा प्रतियोगिता आयोजना गर्ने भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट पावर लिफ्टिङ प्रतियोगिता चैत २७ र २८ गते हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष सुन्दर भुसालले जानकारी गराए।

प्रतियोगितामा करिब १५० खेलाडीको सहभागिता रहने छ, जसमा पुरुषतर्फ ६, महिलामा २ र पुरुष मास्टर्समा २ गरी जम्मा १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताअन्तर्गत हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

पुरुष र महिलाका प्रत्येक स्पर्धामा पहिलो हुने खेलाडीबीच पुनः प्रतिस्पर्धा गराई ओभरअल विजेताको पनि चयन गरिने छ।

त्यसको विजेताले छुट्टै जनही ५१ हजार नगद पुरस्कार हात पार्नेछन्। प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख खर्च हुने आयोजकले जनाएको छ।

अमेरिकामा बस्दै आएका स्व. कार्कीको नेपालमै रहेका बेला केही महिनाअघि हृदयघाटका कारण निधन भएको थियो।

प्रकाशित: Apr 04, 2021| 13:08 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।