शनिबार, फागुन ३०, २०८२

ललितपुर मेयर–११ को पहिलो जित

ललितपुर मेयर कप महिला टी–२० क्रिकेटअन्तर्गत आज (आइतबार) सम्पन्न खेलमा मेयर–११ टिमले लुम्बिनी प्रदेशलाई २७ रनले हराएको छ।
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

काठमाडौं– ललितपुर मेयर कप महिला टी–२० क्रिकेटअन्तर्गत आज (आइतबार) सम्पन्न खेलमा मेयर–११ टिमले लुम्बिनी प्रदेशलाई २७ रनले हराएको छ।

National life

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मेयर ११ ले पूरा ओभर खेल्दै पाँच विकेटको क्षतिमा १४४ रन बनाएको थियो।

जवाफी ब्याटिङमा लुम्बिनीले पूरा ओभर खेल्दै पाँच विकेट गुमाएर ११७ रनमा समेटिएपछि खेल मेयर ११ ले जितेको हो।

पहिले ब्याटिङमा लुम्बिनीकी सुमन खतिवडाले ७७ रन जोडिन् भने अस्मिना कर्माचार्यले २० रन बनाइन्। उनीहरु दुवै खेलाडी अविजित रहे। यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

त्यस्तै, लुम्बिनीका सुस्मिता भुषाल, स्वस्तिका बजगाईं, कृतिका मरासिनी र सरस्वति पुनले समान १–१ विकेट लिए। जवाफी ब्याटिङमा लुम्बिनीकी सरस्वती जीएमले ५६ रन बनाइन भने कप्तान नेरी थापाले २० रन बनाइन्।

Laxmi sunrise bank
kumari

यता मेयर ११ का सरस्वति कुमारी, आरती विडारी र शिला क्षेत्रीले समान १–१ विकेट गिराए। यससँगै मेयर ११ ले पहिलो जित निकालेको छ।

प्रकाशित: Apr 04, 2021| 11:30 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।