शुक्रबार, असार २६, २०८३

बन्द प्रशिक्षणका लागि क्यानले बोलायो २० खेलाडी

नेपाल क्रिकेट संघले आगामी वैशाख ४ गतेबाट आयोजना गर्ने नेपाल, नेदरल्यान्ड र मलेसिया सम्मिलित प्रतियोगिताको लागि चैत २४ गतेबाट बन्द प्रशिक्षण सुरु हुने भएको छ। 
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले आयोजना गर्न लागेको ट्राई नेसन सिरिजका लागि खेलाडीहरूलाई प्रशिक्षणमा बोलाएको हो। 

नेपाल क्रिकेट संघले आगामी वैशाख ४ गतेबाट आयोजना गर्ने नेपाल, नेदरल्यान्ड र मलेसिया सम्मिलित प्रतियोगिताको लागि चैत २४ गतेबाट बन्द प्रशिक्षण सुरु हुने भएको छ। 

क्यानले एक सूचना जारी गर्दै बन्द प्रशिक्षणमा बोलाएको जानकारी दिएको हो।

को को बोलाइए?
नेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमल सिंह ऐरी, सुशन भारी, साहब आलम, सन्दीप जोरा, विक्रम सोब, पवन सर्राफ र ललित राजवंशी

प्रकाशित: Apr 04, 2021| 11:20 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।