शुक्रबार, कात्तिक २८, २०८२

फूलबुट्टे सारी संस्कृतमा पनि

राजनराज शिवाकोटीको चर्चित गीत 'फूलबुट्टे सारी' संस्कृतमा पनि रेकर्ड भएको छ। 
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

काठमाडौं– राजनराज शिवाकोटीको चर्चित गीत 'फूलबुट्टे सारी' संस्कृतमा पनि रेकर्ड भएको छ।  के एन् स्वामीले अनुवाद र निर्देशन गरेको संस्कृत संस्करणमा  जागरण घिमिरेले कभरका रूपमा  स्वर दिएका छन्। 

National life

के एन् स्वामीले भने, ‘नेपालीमा यो गीत निकै चर्चित भयो। संस्कृतमा पनि किन नगर्ने भन्ने लाग्यो। त्यसैले संस्कृत भाषामा अनुवाद गरी गाउन लगाएको हुँ।’ 

उनले गीतका माध्यमबाट संस्कृत भाषाको प्रचार गराउनु मुख्य उद्देश्य रहेको बताए। उनले भने, ‘नेपालीका शब्दलाई संस्कृतमा अनुवाद गर्दा सोही लयमा गाउन सकिन्छ। त्यसैले पनि यो सजिलो भयो।’ 

भिडियोको छायांकन तथा सम्पादन सूर्यमणि जमरकटेलले गरेका हुन् भने रेकर्डिङ विवेक पाण्डेले गरेका हुन्। 

सुरुमा मार्मिक लामाले गाएको यो गीतको लिजेन्डरी भर्सन मदनकृष्ण श्रेष्ठले गाएका छन्।  

Laxmi sunrise bank
kumari

यस्तै महिला स्वरमा मिलन अमात्यले गाएकी छन् भने चाइल्ड भर्सन अरिष्मा शिवाकोटीले गाएकी छन्। 

यसैगरी अफ्रिकी गायिका बियोन्से फामासीले पनि यसमा स्वर दिएकी छन्। यो गीत पञ्जाबी भाषामा पनि रेकर्ड भएको छ। 

प्रकाशित: Apr 02, 2021| 08:46 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्