सोमबार, चैत २, २०८२

पानी संकट समाधानका उपाय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
क्यानडा । विश्वका धेरै भागमा बढ्दो माग पूरागर्न थप परम्परागत स्वच्छ पानीको स्रोत सामान्यतया उपलब्ध छैन । पर्याप्त स्वच्छ पानीको अभावका कारण आर्थिक विकासलाई सीमित बनाउने भन्दा पर पनि द्वन्द्व, सामाजिक अस्थिरता तथा बसाई सराई हुने हुँदा अरबौँ व्यक्तिको समृद्धिमा चुनौती दिनेछ । पानी स्रोतको योजनामा पूर्णतया पुनः सोचाई तथा अपरम्परागत पानी स्रोतको सिर्जनात्मक उपयोगलाई जोड दिने व्यवस्थापन नै यो चुनौती समाधान गर्ने उपाय हो । 

समुद्रको पानी वा भूमिगत पानीबाट नुन निकाल्ने कामबाट आरम्भ गर्दा स्वच्छ पानीको ठूलो अपरम्परागत स्रोतको बढ्दो सङ्ख्या पाउन सकिन्छ । एक सयभन्दा बढी मुलुकमा अहिले नै पानीबाट नुन निकाल्ने १८ हजार संयन्त्रबाट ३२ अर्ब घनमिटर (८.४५ हजार अर्ब ग्यालन) स्वच्छ पानी उत्पादन भइरहेको छ । यो नियागरा फल्सबाट वार्षिकरुपमा बग्ने पानीको एक तिहाई मात्रा हो । 

विश्वमा ४४ प्रतिशत नुन निकालिएको पानी मध्यपूर्व तथा उत्तर अफ्रिकामा उत्पादन हुन्छ र नयाँ संयन्त्रअरू एसिया, अमेरिका ल्याटिन अमेरिकामा स्थापना भइरहेका छन् । विश्वभर पानीबाट नुन निकाल्ने क्षमता वार्षिकरुपमा औसतमा सातदेखि नौ प्रतिशत वृद्धि भइरहेको छ । 

नुन निकालिएको पानीको सिचाइँको लागत परम्परागत स्वच्छ पानीको भन्दा महङ्गो देखिएपनि हालको अध्ययनले यो घटिरहेको देखाएको छ । केही दशक अगाडि नुन निकालिएको पानीको मूल्य प्रति घनमिटर (२६४ ग्यालन) पाँच अमेरिकी डलरभन्दा बढी पर्थ्यो भने हाल यो ५० अमेरिकी सेन्टभन्दा पनि कम छ । 

स्वच्छ पानीको दोस्रो सम्भावित विकल्प तुसारो हो । हावाबाट पानीको अंश प्राप्त गर्न जालीको ठाडो बार लगाउन सकिन्छ र यहाँ आएका थोपा ट्याङ्क वा वितरण प्रणालीमा जम्मा गर्न सकिन्छ । सुखा क्षेत्रमा पनि तुसारो निकै सामान्य कुरा भएकाले तुसारो खेती प्रणाली ग्रामीण समुदायमा प्रत्यक्षरुपमा स्वच्छ पानी उपलब्ध गराउने व्यवहारिक र लागत प्रभावकारी उपाय हुनसक्छ । 

केही मुलुकले यो प्रविधिको फाइदा लिइसकेका छन् । केप भर्डमा यस्तो सङ्कलन प्रणालीको एक वर्ग मिटरले अधिक उत्पादनको समयमा दैनिकरुपमा १२ लिटर (३.२ ग्यालन) पानी दिएको छ । इरिट्रियामा एक हजार ६ सय मिटरको जालीले दैनिकरुपमा १२ हजार लिटर पानी दिएको छ । मोरोक्कोको हिमाली क्षेत्रमा पानीको उपलब्धता निकै कम भए पनि वर्षको छ महिना पर्याप्त तुसारो पर्ने भएकाले सन् २०१५ मा विश्वको सबैभन्दा ठूलो तुसारो सङ्कलन तथा वितरण प्रणाली स्थापना गरिएको छ । 

हाल तुसारो खेतीको लागत प्रतिघनमिटर पानीका लागि एकदेखि तीन अमेरिकी डलर पर्छ । यस्ता उपकरणको बजार बढ्दा र थप गाउँले जनताले यसको सञ्चालन तथा मर्मतसम्भार गर्दा यसको लागत अझै घट्ने अनुमान गरिएको छ । साधारण भएकाले तुसारो खेतीको सञ्चालन खर्च निकै कम लाग्छ र यसलाई अदक्ष समूहले पनि सजिलै व्यवस्थापन गर्न सक्छ । 

यसैगरी वर्षाको पानीको सुक्ष्म सङ्कलन खेतीमा विशेषगरी भिरालो र खाल्टाका रेखाले वर्षाको वहाव बढाउँछ र विरुवायुक्त तलाउमा पुर्‍याउन सघाउँछ जहाँ पानी माटोमा प्रभावकारी रुपमा जम्मा हुन्छ । भिरालोमा बगेका पानी हराउने सुखा पर्यावरणमा यो निकै उपयोगी हुन्छ । मध्यपूर्व तथा उत्तर अफ्रिकाका धेरै परियोजनामा निकै सुखा क्षेत्रमा पनि हरियालीको वृद्धि कायम गर्न यो विधिले सम्भाव्यता देखाएको छ । 

स्वच्छ पानीको अर्को अपरम्परागत स्रोत सहरी क्षेत्रमा सरसफाइमा उपयोग भएका पानी र अन्य खेर गएका पानी पनि हो । उत्तर अमेरिका, उत्तरी युरोप तथा जापानमा पोहर पानी फ्याक्ने विषयमा कडा कानुनका कारण यस्ता पानीलाई सुरक्षितरुपमा सङ्कलन गर्ने, उपचार गर्ने र पुनः प्रयोग गर्ने संयन्त्र देखिएका छन् र तिनीअरूको विषयमा दस्तावेज तयार भएका छन् । यी मुलुकले विश्वलाई उदाहरण देखाएका छन् । भौगोलिकरुपमा गहिरो स्थानमा जम्मा हुने भएकाले भूमिगत पानी समुद्री तटभन्दा पर प्राप्त गर्न सकिन्छ । 

संयुक्त अरब इमिरेट्सले हाल खोजी गरिरहेको र अन्त्यमा विशेष गरी उदेक लाग्ने सम्भावित विकल्प बरफको पहाडलाई तानेर लैजाने काम हो । समुद्रको बीचमा बनेका मचान बिग्रन नदिन क्यानडाका तेल तथा ग्यास उद्योगले यस्ता बरफका पहाडलाई नियमितरुपमा तानेर अन्यत्र लैजाने काम गरिरहेका छन् । संयुक्त अरब इमिरेट्सले यस्तो बरफको पहाड लैजान १० हजार किलोमिटर (छ हजार दुर्इसय माइल) दक्षिणतर्फको यात्रामा यसलाई जोगाएर राख्नुपर्छ । यो काम सजिलो छैन र यो यात्रा एक वर्षसम्मको हुनसक्छ । एउटा हिउँको पहाडमा कति पानी रहनसक्छ भन्ने कुरा पनि विचार गर्नुपर्ने हुन्छ । 

अपरम्परागत पानीको स्रोतले देखाएको सम्भावना र धेरै मुलुकमा भन्नै नपर्ने पानीका प्रमुख चुनौतीबीच पनि यी सम्भावनाका विषयमा अझै पनि राम्रोसँग खोजी भएको छैन । पानीको कमी भोगेका प्रायःमुलुकले नुन हटाइएको पानीको उपयोगलाई नियमित गरेका छन् तर निर्णयकर्ताले आफ्नो लगानी रणनीति, पानी व्यवस्थापन नीति र पानीको सबै स्रोतको एकीकरणका सार्वजनिक बजेट खर्चमा सुधार गर्नुपर्छ ।

यस्तो कार्य गर्दा सरकारले अपरम्परागत पानी स्रोत उपयोग गर्ने कुरा प्राविधिकरुपमा अव्यवहारिक वा निकै खर्चिलो हुन्छ भन्ने पुरानो अवधारणालाई परित्याग गर्नुपर्छ । आर्थिक, सामाजिक, वातावरणीय तथा पानीको कमीका कारण स्वास्थ्यमा गर्नुपर्ने सम्झौतालाई ध्यान दिई यस्तो लगानीको सम्भावित फाइदाका विषयमा विश्लेषण गर्ने प्रयास गर्नुपर्छ । 

सरकारले ठूलो आकारको अपरम्परागत पानी कार्यक्रमका संस्था तयार गर्न राष्ट्रिय पानी संस्थाको जिम्मेवारीलाई स्पष्ट पार्नुपर्छ र सबै स्तरका पानीसम्बन्धी संस्थाको क्षमतामा सुधार गर्नुपर्छ । सबैभन्दो राम्रो अभ्यासलाई स्पष्ट पार्नुपर्छ, खोजीलाई पहिचान गर्नुपर्छ, परीक्षण गर्नुपर्छ र ज्ञान र अनुभवलाई साझेदारी गर्नुपर्छ । 

अपरम्परागत पानी स्रोततर्फ सर्दा निजी क्षेत्रले खेल्ने भूमिका पनि छन् । यो भूमिकालाई पानीबाट नुन हटाउने तथा सहरी क्षेत्रमा फोहर पानी र खेर गएका पानी उपयोग गर्ने वर्तमान प्रयासभन्दा पर पनि विस्तार गर्नुपर्छ । अन्त्यमा सम्भावित अपरम्परागत पानी स्रोत उपयोग गर्ने सम्भावनाको फाइदाका विषयमा प्रचार गर्ने सार्वजनिक अभियान जस्ता काममा स्थानीय संस्था, गैरसरकारी सङ्गठन तथा स्थानीय समुदायलाई परिचालन गर्नुपर्छ । 

दिगो विकासको लक्ष्य छमा सफा पानी तथा सफाईमा विश्वव्यापी पहुँचका लागि आह्वान गरिएको छ । सरकारअरूले अपरम्परागत पानीलाई आत्मसात नगरे यो लक्ष्य प्राप्तगर्ने कुरा ढुङ्गाबाट पानी प्राप्त गर्ने जस्तै कठिन हुनेछ र पानीको अभाव भएका क्षेत्रले भोग्नुपर्ने नतिजा भयानक हुनेछ । 

(मन्जुर कदिर म्याकमास्टर विश्वविद्यालयले आयोजना गरेको र क्यानाडा सरकारले सहयोग गरेको संयुक्त राष्ट्र सङ्घ विश्वविद्यालयको पानी, वातावरण तथा स्वास्थ्य संस्थानका सहायक निर्देशक हुन् भने भ्लादिमिर स्माख्तिन निर्देशक हुन् । अनुवाद : सुरेन्द्रबहादुर नेपाली/रासस )
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।