मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाललाई विश्लेषक खनालको प्रश्न : कुन नैतिकताको आधारमा ओलीलाई समर्थन दिइरहनु भएको छ ?

दाहाललाई विश्लेषक खनालको प्रश्न : कुन नैतिकताको आधारमा ओलीलाई समर्थन दिइरहनु भएको छ ?

बृहत् नागरिक आन्दोलनका अभियान्ताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि गम्भीर प्रश्न उठाएका छन्।
 |  शनिबार, चैत १४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत १४, २०७७

काठमाडौं- बृहत् नागरिक आन्दोलनका अभियान्ताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि गम्भीर प्रश्न उठाएका छन्।

उनीहरुले माओवादीले सरकारलाई विरोध पनि गरेको जस्तो देखिएको तर सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै प्रश्न गरे।

प्रज्ञा भवनमा आयोजित बृहत् नागरिक आन्दोलनको कार्यक्रममा विश्लेषक कृष्ण खनालले दाहाललाई प्रश्न गरे, ‘माओवादीले ओलीलाई दिएको समर्थन किन अहिलेसम्म फिर्ता लिन सकेको छैन ?, कुन नैतिकताको आधारमा यो समर्थन गरिरहनु भएको छ ?’

खनालले ओलीले नै आफूहरुलाई आन्दोलनमा धकेलेको तर अहिलेसम्म कुर्सीमै बसिरहेको प्रसंगमा कुर्सीमा बस्न माओवादीले नै साथ दिएको आरोप लगाए।

‘किन हामीलाई आन्दोलनमा धकल्ने केपी ओलि किन अहिलेसम्म कुर्सीमा हुनुहुन्छ ?’ उनले प्रश्न गरे, ‘अहिलेसम्म किन दलले प्रधानमन्त्रीलाई हटाउन नसकेको ?’

प्राध्यापक खनालले आफूहरुले ओलीको प्रतिगमनविरुद्ध लडेको तर दलहरुले अहिले ओलीलाई हटाउन किन नसकेको भन्दै आश्चर्य प्रकट गरे।

याे पनि

सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिन्छु : दाहाल

प्रकाशित: Mar 27, 2021| 08:57 शनिबार, चैत १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।