बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • बढ्यो संक्रमण, सीसीएमसी भन्छ– नियन्त्रणबाहिर गए लकडाउनको विकल्प छैन 

बढ्यो संक्रमण, सीसीएमसी भन्छ– नियन्त्रणबाहिर गए लकडाउनको विकल्प छैन 

‘हामी अहिले लकडाउन गर्ने, उडान बन्द गर्ने र  यातायात बन्द गर्ने सोचमा छैनौं। फैलावट नियन्त्रणबाहिर गयो भने सरकारले अप्रिय निर्णय गर्नुपर्ने हुन्छ। लकडाउन पनि गर्नुपर्ने हुन्छ।’
 |  बिहीबार, चैत १२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १२, २०७७

काठमाडौं– नेपालमा केही दिनयता कोरोना भाइरस संक्रमण दर फेरि बढ्न थालेको छ। 

छिमेकी भारतमा संक्रमणको दोस्रो लहर देखिएसँगै नेपालमा पनि खतरा बढेको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन्।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पनि स्वस्थ्य मन्त्रालयसँग समन्वय गरी दोस्रो चरणको संक्रमण जोखिम नियन्त्रणका लागि तयारी सुरु गरिएको जनाएको छ। 

सीमा नाकादेखि स्थानीय सबै क्षेत्रमा सतर्कता अपनाउन निर्देशन दिइसकेको सीसीएमसीका सदस्यसमेत रहेका प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालले जानकारी दिए। 

उनले भने, ‘हामी अहिले लकडाउन गर्ने, उडान बन्द गर्ने र  यातायात बन्द गर्ने सोचमा छैनौं। फैलावट नियन्त्रणबाहिर गयो भने सरकारले अप्रिय निर्णय गर्नुपर्ने हुन्छ। लकडाउन पनि गर्नुपर्ने हुन्छ।’

संक्रमितको संख्या बढ्न थालेपछि स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयले विशेष सतर्कता अपनाउन अपिल गरिसकेका छन्। 

स्वास्थ्य मन्त्रालयले आइतबार छिमेकी देशमा केही सातायता कोभिड १९ को संक्रमण बढेको भन्दै सतर्कता अपनाउन अपिल गरेको हो। मन्त्रालयले सभा, सम्मेलन, भेला र भीडभाड नगर्न आग्रह गरेको छ।

गृह मन्त्रालयले पनि भारतमा संक्रमितको संख्या तीव्र गतिमा बढेका कारण सीमा नाकामा सुरक्षा कडा पार्न निर्देशन दिएको छ। 

मन्त्रालयले भारतबाट आउनेलाई अनिवार्य रूपमा क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन भनेको छ।  

यस्तै गृहले मास्क नलगाई हिँडेको पाइए संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्नसमेत प्रहरीलाई निर्देशन दिएको छ। 

गृहको निर्देशनअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालयले पनि सजगता अपनाउन, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिसकेका छन्।

संक्रमितको संख्या बढ्दै जानु र सरकारी निकायबाट जारी निर्देशनले सर्वसाधारणमा फेरि लकडाउन गर्ने तयारी त भएको हैन भन्ने शंका उब्जिन थालेको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतम तत्काल लडकाउनको तयारी नभएको बताउँछन्। तर नागरिकले स्वास्थ्य मापदण्डको पालना नगरे लकडाउन हुन पनि सक्ने उनको भनाइ छ। 

एक सातायता भारतमा दैनिक संक्रमणदर चार गुणासम्म बढेको छ। फागुन १७ गते ११ हजार ४६३ जनामा संक्रमण भएको चैत १० गते ४७ हजार २६४ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै ११ गते ५३ हजार ४७६ जना संक्रमित थपिएका छन्।

नेपालमा चैत १ गते ५३ जनामा संक्रमण देखिएकोमा चैत १० गते एकै दिनमा १८८ जनामा संक्रमण पुष्टि भएको छ। ९ गते १५० जना संक्रमित भेटिएका थिए। १० गते १८८ जना र ११ गते १४५ जना संक्रमित थपिएका छन्।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको तथ्यांकले पनि दिनहुँ संक्रमितको संख्या बढ्दै गएको पुष्टि गर्छ। 

अस्पतालमा एक साताअघिसम्म दैनिक करिब एक सय जनाको परीक्षण गर्दा दुई–चारजना संक्रमित हुन्थे। 

चैत १० गते ७४ जनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको छ। ९ गते सात जना संक्रमित भेटिएका थिए। 

ट्रपिकलका निर्देशक डा. सागरराज भण्डारीका अनुसार संक्रमितको संख्या मात्रै बढेको छैन, फरक खालको कोरोनासमेत देखिएको छ। 

बेलायत, अफ्रिकी मुलुक, ब्राजिललगायतमा देखिएको तीव्र गतिमा फैलिने खालको कोरोना भाइरस पनि नेपालमा भेटिएको उनले जानकारी दिए।  उनी भन्छन्, ‘लक्षण उस्तै हो, तर  पहिलेको भन्दा खतरनाक छ।’ 

उनका अनुसार यसको फैलावट गति तीव्र छ भने चाँडै निमोनिया हुने जोखिम पनि उच्च हुन्छ। लक्षण यसअघिको कोरोना भाइरसको जस्तै छ। 

दुई जनामा कोरोना संक्रमण भएपछि सरकारले एक वर्षअघि नेपालमा लकडाउन गरेको थियो। चैत ११ गते सुरु भएको लकडाउन पटक–पटक गरी चार महिनासम्म लम्बिएको थियो।

नेपालमा हालसम्म कोरोनाबाट दुई लाख ७६ हजार ३९८ जना संक्रमित भएका छन् भने तीन हजार २० जनाको मृत्यु भएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमण भएर निको हुनेको संख्या दुई लाख ७२ हजार १८७ छ। यस्तै सक्रिय संक्रमितको संख्या एक हजार १८२ छ।

भिडियाे : गिरिप्रसाद भुसाल

प्रकाशित: Mar 25, 2021| 06:32 बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।