सोमबार, भदौ १५, २०८३

भारतमा संक्रमित बढेपछि विराटनगर रानी नाकामा कडाइ

भारतमा कोरोना संक्रमित तीव्र रुपमा बढेपछि विराटनगर प्रवेश गर्ने नाकामा उच्च सर्तकता अपनाइएको छ।
 |  सोमबार, चैत ९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०७७

विराटनगर- भारतमा कोरोना संक्रमित तीव्र रुपमा बढेपछि विराटनगर प्रवेश गर्ने नाकामा उच्च सर्तकता अपनाइएको छ।

विराटनगर प्रवेश गर्ने मुख्य नाका रानीमा स्थानीय प्रशासनले थप कडाइ गर्ने निर्णय गरेको हो। 

जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना नियन्त्रण गर्न र संक्रमण फैलन नदिन बेलैमा सतर्कता आवश्यक रहेको निष्कर्ष निकालेको छ। 

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले भारतबाट जोगवनी हुँदै विराटनगर प्रवेश गर्ने मुख्य नाकामा कडाइ गर्न थालिएको जानकारी दिए। 

भारतबाट आउनेले कोरोना परीक्षण गरेपछि मात्रै नेपाल प्रवेश गर्न पाउने उनको भनाइ छ। शंकास्पदहरु माथि धमाधम परीक्षण गर्न थालिएको छ। निरौलाका अनुसार शंकास्पद व्यक्तिको नाकामै एण्टीजेन परीक्षण गरिने छ। एण्टीजेन जाँच गर्दा कोरोना भए नभएको तत्कालै रिपोर्ट आउने उनले बताए।

रिपोर्ट पोजिटिभ आए थप परीक्षण र उपचारका लागि पठाउने र नेगेटिभ आउनेलाई गन्तव्यतर्फ जान दिइने प्रजिअ निरौलाले बताए।

सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार प्रदेश १ मा २ जनामा कोरोना संक्रमण देखिएको छ। २३८ जनाको परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको हो। 

सोमबार नै जिल्ला प्रशासन कार्यालय मोरङमा जिल्लास्तरीय खोप समितिको बैठक बसेको थियो। बैठकमा मोरङमा पनि संक्रमण बढ्न थालेकाले सतर्कता अपनाउने निर्णय भएको उनले बताए। 

बैठकले मोरङमा रहेको ५ हजार ८७० डोज कोरोना खोप पहिलो र दोस्रो चरणमा छुटेका र विराटनगरका शिक्षकलाई लगाइने छ। पहिलो चरणमा स्वास्थ्यकर्मी र दोस्रो चरणमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइएको थियो। निरौलाका अनुसार पहिलो र दोस्रो चरणमा छुटेका व्यक्ति र विराटनगरका सामुदायिक तथा निजी विद्यालयका शिक्षकलाई कोरोनाविरुद्धको खोप लगाइने छ। 

मोरङमा मौज्दात रहेको ५ हजार ८७० डोज भ्याक्सिन चैत महिनाभित्र लगाइने छ। 

प्रकाशित: Mar 22, 2021| 13:52 सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।