सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र पाकिस्तानी राजदूतबीच भेट

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र पाकिस्तानी राजदूतबीच भेट

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टचार भेटघाट गरेका छन्।
 |  सोमबार, चैत ९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०७७

काठमाडौं- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टचार भेटघाट गरेका छन्।

नेपालका लागि नवनियुक्त राजदूत हैदर शाहले सोमबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टचार भेट गरेका हुन्।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपालका लागि राजदूतमा नियुक्त भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे। नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापन भएदेखि नै सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै उनले दक्षिण एसियाली छिमेकी मुलुक भएकाले दुई देशबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा नजिकबाट सहकार्य हुँदै आएको बताए।

‘दुई देशबीच उच्चस्तरीय भ्रमण आदन–प्रदान हुँदै आएको छ,’ उनले भने, ‘यस अवसरमा सन् २०१८ मार्चमा पाकिस्तानका प्रधानमन्त्री महामहिम शाहिद खकान अब्बासीको नेपालको औपचारिक भ्रमण स्मरण गर्न चाहन्छु।’

अध्यक्ष तिमिल्सिनाले दुई देशबीच व्यापार, लगानी, पर्यटन, संस्कृति, जनताबीचको सम्बन्ध सुमधुर रहेको बताउँदै दुई मुलकको आपासी लाभका धेरै काम गर्न सकिने धारणा राखे।

‘कोरोना भाइरसको महामारीका कारण संसारमा नयाँ चुनौती थपिएको छ,’ उनले भने, ‘यसले दुई देशमा पनि असर गरेकाले पारस्परिक साथ र सहयोगले घातक भाइरसविरुद्ध लड्न मद्दत पुग्ने विश्वास लिएको छु।’

त्यसैगरी नेपाली पर्वतारोहीहरुको टोलीले पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो हिमाल ‘केटू’को पहिलोपल्ट सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले यसले दुई देशको पर्यटन प्रबर्द्धनमा सहयोग पुगेको बताए।

पाकिस्तानको सिनेटको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनर्नियुक्त भएकोमा मुहम्मद सादिक सन्ज्रानीलाई बधाई व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले राजदूत शाहमार्फत सफल कार्यकालको शुभकामना व्यक्त गरे।

सो अवसरमा तिमिल्सिनाले दुई देशको सरकार र संसदबीचको सम्बन्धलाई अझ मजबुद र फलदायी बनाउन नवनियक्त राजदूतको कार्यकाल सफल हुने विश्वास व्यक्त गरे।

भेटका क्रममा राजदूत हैदर शाहले नेपाल र पाकिस्तानबीच गहिरो मित्रवत सम्बन्ध रहेको उल्लेख गर्दै सम्बन्धलाई अझ मजबुद बनाउन आफूले काम गर्ने बताए।

उनले पाकिस्तानमा पढेर आएका चिकित्सकहरुले नेपालमा सेवा गरेको देख्न पाएकोमा खुसी व्यक्त गर्दै छात्रवृत्ति र तालिमहरु बढाउने तयारीमा रहेको जानकारी दिए।

राजदूत शाहले दुई देशको संसदीय सहकार्यलाई बढाउनका लागि छिट्टै भ्रमण तथा अनुभव आदन–प्रदान हुने विश्वास व्यक्त गरे।

प्रकाशित: Mar 22, 2021| 12:30 सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।