सोमबार, भदौ १५, २०८३

डेढ सय कोरोना संक्रमित थपिए, तीन जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
 |  सोमबार, चैत ९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामै कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। देशभर हालसम्म ३ हजार १९ जनाको कोभिड–१९ संक्रमणका कारण मृत्यु भइसकेको छ। आजको दिनमा देशभर १ हजार १७ जना सक्रिय संक्रमित छन्।

यसैबीच, स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै यहाँ पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

मन्त्रालयले विज्ञप्ति निकालेर सभा, जुलुस, सम्मेलनलगायत भिडभाड हुने गतिविधि नगर्न र मास्क अनिवार्य रुपमा लगाइराख्न भनेको भनेको छ।

प्रकाशित: Mar 22, 2021| 11:11 सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।