सोमबार, भदौ १५, २०८३

थप १५० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, चैत ९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

४ हजार ४७२ जनाको पीसीआर परीक्षण गरिएकोमा १५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५६ पुगेको छ।

अहिलेसम्म २ लाख ७२ हजार २० जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा ९९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ हजारभन्दा बढी पुगेको छ। हाल १ हजार १७ जना सक्रिय केश रहेको मन्त्रालयको तथ्यांक छ।

पछिल्लो २४ घण्टामा देशभर ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कुल मृतकको संख्या ३ हजार १९ पुगेको छ।

प्रकाशित: Mar 22, 2021| 11:10 सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।