सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अब घरमै बसेर विदेशी पुस्तक र जर्नल निःशुल्क पढ्न पाइने

अब घरमै बसेर विदेशी पुस्तक र जर्नल निःशुल्क पढ्न पाइने

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक निःशुल्क पढ्ने व्यवस्था गरेको छ। 
 |  सोमबार, चैत ९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०७७

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक निःशुल्क पढ्ने व्यवस्था गरेको छ। 

पुस्तकालयले रिमोट एक्सेस प्रणालीको विकास गरेर घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल पढ्न व्यवस्था गरेको हो। 

पुस्तकालयले रिमोट एक्सेस सेवासहितको प्रोक्वेस्ट डाटाबेस सफट्वेयर जडान गरी विदेशमा रहेका पुस्तक पढ्ने व्यवस्था गरिएको जनाएको छ। 

बेलायतबाट उक्त सफ्टवेयर पुस्तकालयले ३२ लाखमा खरिद गरेको हो।

पुस्तकालयले त्रिविअन्तर्गतका आंगिक क्याम्पस र पुस्तकालयसँग सम्झौता गरेका अन्य विश्वविद्यालयका विद्यार्थीलाई प्रोक्वेस्ट डाटाबेस सफट्वेयरबाट निःशुल्क रूपमा पुस्तक पढ्ने व्यवस्था गरिएको पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले जानकारी दिए। 

विश्वविख्यात विद्वान्ले प्रकाशित गरेका पुस्तक, जर्नल, लेखरचनालगायत निःशुल्क पढ्न विद्यार्थीले पुस्तकालयको वेबसाइटमा उपलब्ध फाराम भर्नुपर्ने हुन्छ।

सोही फाराम भरेका आधारमा विद्यार्थीको इमेल आईडी उपलब्ध गराई पुस्तकालयले विदेशी पुस्तक, डकुमेन्ट, जर्नललगायत पढ्न पाउने व्यवस्था गरेको उनले जानकारी दिए। 

रिमोट एक्सेस प्रणालीमा अहिले ३० हजार विद्यार्थीको इमेल आईडी बनाइएको छ। पुस्तकालयका सूचना अधिकारी विजय शर्माले विद्यार्थीलाई घरमै बसेर विदेशका प्रसिद्ध लेखकले लेखका सामग्री पढ्न पाउने बताए। 

उनका अनुसार उक्त रिमोट एक्सेसमार्फत प्रोक्वेस्ट डाटाबेसमा राखिएका चार लाख ५० हजारभन्दा बढी ई–पुस्तक, ५० लाखभन्दा बढी ई–थेसिस डिजर्टेसनका साथै हजारौं शीर्षकका जर्नल, पत्रिका र लेख, रचना छन्।

उक्त सेवाका लागि नेपाल खुला विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, हेटौंडा कलेज अफ सोसल साइन्सेस, सगरमाथा इन्जिनियरिङ कलेज, बानेश्वर बहुमुखी क्याम्पस संस्थागत रूपमा पुस्तकालयले खरिद गरेको डाटाबेससँग जोडिएका छन्।

यस्तै पुस्तकालयले पछिल्लो समय एसियन विकास बैंक र नेसनल डिजिटल लाइब्रेरी अफ इन्डियासँग ई–रिसोर्सेसको प्रयोगमा सम्झौता र सहकार्य गरेको छ।

सम्झौतानुसार एशियन विकास बैंकसँग रहेका तीन लाख रिसोर्स पुस्तक र डिजिटल लाइब्रेरीसँग रहेका चार करोड ५० लाख ई–पुस्तकालय, जर्नल, थेसिस, अडियो, भिडियोसमेत निःशुल्क पढ्न पाउने सूचना अधिकारी शर्माले जानकारी दिए। अहिले पुस्तकालयसँग चार लाख १० हजार पुस्तक छन्। 

प्रविधिको युगसँगै पुस्तकालयले आफ्नै छुट्टै ई–पुस्तकालयको डाटाबेस बनाउने योजना पनि अगाडि बढाएको पुस्तकालयका प्रमुख श्रेष्ठले जानकारी दिए। 

पुस्तकालयले स्नातकोत्तर तह, दर्शनाचार्य र विद्यावारिधि तहका शोधपत्रलाई अनलाइनमा राखी ई–पुस्तकालय निर्माण सुरु गरेको छ। अहिलेसम्म दुई हजार शोधपत्र डिजिटलाइज गरिएको छ।

पुस्तकालयले छिट्टै पुस्तक, थेसिस, डिजर्टेसन, जर्नल, रिपोर्ट तथा ऐतिहासिक दस्तावेजसहितको  छुट्टै डिजिटल डाटाबेस बनाउने उनले बताए। रासस

प्रकाशित: Mar 22, 2021| 08:30 सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।