सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फास्ट ट्र्याक निर्माणमा भइरहेको ढिलाइबारे अध्ययन गर्न संसदीय उपसमिति गठन

फास्ट ट्र्याक निर्माणमा भइरहेको ढिलाइबारे अध्ययन गर्न संसदीय उपसमिति गठन

संसदीय समितिले काठमाडौं–तराई द्रूत मार्ग (फास्ट ट्र्याक) निर्माणमा भइरहेको ढिलाइका सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको छ। 
 |  सोमबार, चैत ९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०७७

काठमाडौं– संसदीय समितिले काठमाडौं–तराई द्रूत मार्ग (फास्ट ट्र्याक) निर्माणमा भइरहेको ढिलाइका सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको छ। 

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको सोमबारको बैठकले फास्ट ट्र्याक निर्माणमा भइरहेको ढिलाइ, गुणस्तर र खोकना र बुंगमतीमा देखिएको विवाद, ठेक्का प्रक्रिया, वातावरणीय प्रभाव मूल्यांकन लगायतका विषयमा गहन अध्ययन गर्न पाँच सदस्यीय उपसमिति गठन गरेको समिति सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन्।

गणेश पहाडीको संयोजकत्वमा गठित उपसमितिमा जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल सदस्य छन्। उपसमितिलाई अध्ययन गरी प्रतिवेदन पेस गर्न दुई महिना समय दिइएको छ। 

सभापति खड्काले उपसमितिले प्रतिवेदन दिएपछि समितिले निर्णय गर्ने बताइन्। 

बैठकमा रक्षासचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा, आयोजना प्रमुख विकास पोखरेल उपस्थित थिए।

समितिका सदस्यहरूले उनीहरूसँग आयोजनाले अहिलेसम्म भएको प्रगतिबारे जानकारी दिएका थिए। यस्तै निर्माणमा भइरहेको ढिलाइले तोकिएको समयमा आयोजना सम्पन्न हुन नसक्ने उनीहरूको भनाइ थियो। 

द्रूतमार्ग २०८१ सम्म बनाइसक्ने लक्ष्य छ। तर त्यो गतिमा काम नभएकाले संसदीय समितिले चासो लिएको हो। 

सम्बन्धित समाचार

निजगढ विमानस्थल : 'वातावरण'को आवरणमा विकासको अपहरण !

प्रकाशित: Mar 22, 2021| 07:52 सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।