सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्थानीय प्रशासनलाई उच्च स्वास्थ्य सतर्कता अपनाउन निर्देशन

स्थानीय प्रशासनलाई उच्च स्वास्थ्य सतर्कता अपनाउन निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै जिल्लाका स्थानीय प्रशासनलाई उच्च स्वास्थ्य सतर्कता अपनाउन निर्देशन दिएको छ। 
 |  सोमबार, चैत ९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै जिल्लाका स्थानीय प्रशासनलाई उच्च स्वास्थ्य सतर्कता अपनाउन निर्देशन दिएको छ। 

भारतमा कोरोना भाइरस संक्रमण बढेपछि  स्वास्थ्य सुरक्षाका लागि सबै स्थानीय प्रशासनलाई उच्च सतर्कता अपनाउन गृह मन्त्रालयमार्फत निर्देशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयले नेपाल–भारत स्थल सीमानाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कलाई थप सक्रिय बनाउने निर्णय गरेको छ। 

प्रवक्ता गौतमका अनुसार भारतमा बढ्दै गएको कोरोना संक्रमणका कारण नेपालमा पनि जोखिम बढ्न सक्ने भन्दै सीमा नाकाका हेल्थ डेस्क सक्रिय बनाउन निर्देशन दिइएको हो।  

भारतमा कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले नेपालमा सतर्कताका लागि सभा, जुलस, भेला, र्‍याली, बैठक तथा जमघटमा रोक लगाएको छ। 

प्रवक्ता गौतमका अनुसार भारतबाट आउनेलाई लक्षण तथा जोखिमका आधारमा प्राथमिकता निर्धारण गरी एन्टिजेन परीक्षण गर्न निर्देशन दिएको बताए। 

भारतका संक्रमणदर बढेको स्थानबाट आउनेलाई लक्षण र सम्भावित जोखिमका आधारमा एन्टिजेन परीक्षण गर्न लागिएको उनले बताए। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण बढ्न सक्ने भन्दै सभा, जुलुस र भीडभाड नगर्न आइतबार नै आग्रह गरेको छ। 

भारतमा आइतबार झन्डै ४४ हजार जनामा कोरोना संक्रमण भएको छ। दैनिक संक्रमणमा यो संख्या जनवरीयताकै सबैभन्दा बढी हो। यस्तै भारतमा आइतबार कोरोना संक्रमणबाट १९७ जनाको मृत्यु भएको छ।

भारतमा सक्रिय संक्रमितको संख्या तीन लाख छ। भारतमा कोरोना संक्रमितको कुल संख्या एक करोड ६० लाख रहेको छ भने मृत्यु हुनेको संख्या कबिर एक लाख ६० हजार पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतको महाराष्ट्र, नागपुरलगायतका राज्यमा लकडाउन गरिएको छ।

प्रकाशित: Mar 22, 2021| 07:24 सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।