सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आईपीएल खेलाडीलाई भ्याक्सिन नलगाइने, कोभिड-१९ देखिए १० दिन क्वारेन्टिन बस्नुपर्ने

आईपीएल खेलाडीलाई भ्याक्सिन नलगाइने, कोभिड-१९ देखिए १० दिन क्वारेन्टिन बस्नुपर्ने

बीसीसीआईले आगामी अप्रिल ९ बाट सुरु हुने आईपीएलमा सहभागी खेलाडीलाई कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध नगराउने भएको छ।
 |  सोमबार, चैत ९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०७७

काठमाडौं – इन्डियन क्रिकेट काउन्सिल (बीसीसीआई)ले आगामी अप्रिल ९ बाट सुरु हुने इन्डियन प्रिमियर लिग (आईपीएल)मा सहभागी खेलाडीलाई कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध नगराउने भएको छ।

भ्याक्सिन नलगाउने निर्णय गर्दै बीसीसीआईले कोभिड–१९ देखिएका खेलाडीलाई १० दिन आइसोलेसनमा राख्ने बताएको हो।

इन्डिया सरकारले कोभिड–१९ को फ्रन्टलाइनमा खटिएका र ६० वर्ष उमेर पूरा भएकालाई मात्र खोप उपलब्ध गराउने भएकाले बीसीसीआईले खेलाडीका भ्याक्सिन नलगाउने निर्णय गरेको हो।

कोराना महामारीबीच युनाइटेड अरब इमिरेट्स (यूएई)मा सफलतापूर्वक १३ औं संस्करणको आईपीएल सम्पन्न गरेको बीसीसीआईले अर्को संस्करण सुरु गर्न लाग्दा विभिन्न नियमहरू सार्वजनिक गरेको छ।

नियमअनुसार खेलाडीले गत सिजनमा जस्तै बायोसेक्योर बबलमा बस्नुपर्ने हुन्छ, जसलाई बबल इन्टिग्रिटी मेनेजरले नियमन गर्नेछन्। आईपीएल आयोजना हुने ६ ठाउँमै बबलको सुविधा हुनेछ।

१४ औं संस्करणको आईपीएल ९ अप्रिलबाट मे ३० सम्म कोलकाता, नयाँ दिल्ली, मुम्बई, अहमदाबाद, चेन्नई र बैंगलोरमा आयोजना हुनेछ। 

उक्त समयमा हुने प्रतियोगिताका लागि तयार गरिएको ‘स्वस्थ्य र सुरक्षा प्रोटोकलमा’ खेलाडी र कर्मचारीले पालन गर्नुपर्ने नियम उल्लेख छन्। जसलाई आईपीएलका स्टेक होल्डर र सबै आठ क्लबले स्वीकार गरेका छन्।

यससँगै अब ६ भेन्यूका १२ ठाउँमा बबल बनाइने छ। जसमा टिमका लागि आठ, अफसियलको लागि दुई र खेल व्यवस्थापकका लागि दुई बबल च्याम्बर रहने छन्।

बबल च्याम्बरमा बस्न अनिवार्य सात दिन होटेलको कोठामा क्वारेन्टिन बस्नुपर्ने छ। 

क्वारेन्टिनको दोस्रो, पाँचौ र सातौँ दिनमा तीनपटक कोभिड–१९ टेस्ट गरिने छ। र, सबै टेस्टमा नेगेटिभ आउने बबल च्याम्बरमा बस्ने छन्। नभए आइसोलेसनमा बस्नुपर्ने हुन्छ।

टेस्टिङको प्रक्रिया पूरा गरिकन कुनै खेलाडीले अन्य मानिससँग अन्तरक्रिया गर्न पाउने छैनन्।

‘बबलमा रहेका खेलाडी, कर्मचारी र अफिसियल सबैलाई हप्ताको दुईपटक कोरोना टेस्ट गरिने छ,’ बीसीसीआईले जारी गरेको गाइडलाइन्समा लेखिएको छ।

तर, हाल इन्डियामा भइरहेको इन्डिया इंग्ल्यान्ड सिरिजमा सम्मिलित खेलाडीले भने क्वारेन्टिन बस्नुपर्ने छैन। उनीहरूले सुरुआती तीन टेस्ट पनि गर्नुपर्ने छैन। 

त्यसैले अब इन्डिया–इंग्ल्यान्ड सिरिजमा सम्मिलित खेलाडीले सीधा आईपीएल फ्रेन्चाइज टिममा जानुपर्ने हुन्छ। तर, सुरक्षित यात्रा गरेका खेलाडीले मात्र बीसीसीआईको मेडिकल अधिकारीको अनुमतिमा टिमको स्क्वाडमा सम्मिलित हुन पाउने छन्।

स्क्वाडपछि जोइन हुने खेलाडीले पनि सोही क्वारेन्टिन बस्नुपर्ने छ भने अनिवार्य तीन टेस्ट गर्नुपर्ने छ।

कोरोना संक्रमणपछि खेलमा फर्कनका लागि पनि १० दिन आइसोलेसनमा बसेपश्चात् अनिवार्य दुई टेस्ट नेगेटिभ आउनु पर्ने छ। फल्स पोजिटिभ र फल्स नेगेटिभका लागि थप टेस्ट हुनेछन्।
 

प्रकाशित: Mar 22, 2021| 06:34 सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।