सोमबार, भदौ १५, २०८३

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ। 
 |  सोमबार, चैत ९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०७७

काठमाडौं - नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ। 

आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा १४ औं महाधिवेशन तथा समसायिक राजनीतिक अवस्थाबारे छलफल हुने उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने विषयमा कांग्रेसमा छलफल भइरहेको छ। 

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ओलीको विकल्प खोज्न अग्रसरता नदेखाएको भन्दै सभापति देउवाप्रति असन्तुष्टि जनाइरहेको छ।

तर, देउवाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र जसपाले समेत प्रष्ट निर्णय गरिनसकेकाले ओलीको विकल्प खोज्ने परिस्थिति परिपक्व बनिनसकेको बताउँदै आएका छन्। 

आजको बैठकमा यस विषयमा समेत छलफल हुने बताइएको छ।

पदाधिकारी बैठकअघि नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि टिकट वितरण गर्ने विषयमा छलफल हुनेछ।

प्रकाशित: Mar 22, 2021| 01:24 सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।