सोमबार, भदौ १५, २०८३

आठ महिनामा ५४ अर्ब रुपैयाँको खाद्यान्न आयात

सरकारले खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बर्सेनि सार्वजनिक गरे पनि परनिर्भरता भने चुलिँदै गएको छ।
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

काठमाडौं– सरकारले खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बर्सेनि सार्वजनिक गरे पनि परनिर्भरता भने चुलिँदै गएको छ। चालू आर्थिक वर्षको पहिलो ८ महिनामा आयात भएको खाद्यान्नबाट पनि परनिर्भरता बढ्दै गएको प्रष्ट हुन्छ। 

आवको साउनदेखि फागुनसम्म करिब ५४ अर्ब रुपैयाँबराबरको खाद्यान्न आयात भएको तथ्यांक छ। भन्सार विभागका अनुसार धान, चामल, गहुँ, मकै, कोदो र फापर ५३ अर्ब ९७ करोड १८ लाख रुपैयाँबराबरको आयात भएको छ।

यो अवधिमा सबैभन्दा बढी ३५ अर्ब १५ करोड ३४ लाख रुपैयाँबराबरको ९ लाख ४८ हजार ८४० टन धान तथा चामल आयात भएको छ।

त्यसैगरी १० अर्ब ४१ करोड ९६ लाखबराबरको ४ लाख १८ हजार ७४८ टन मकै आयात भएको छ। ७ अर्ब ८५ करोड ८५ लाखबराबरको २ लाख ५० हजार १०५ टन गहुँ तथा गहुँको बिउ आयात भएको भन्सार विभागको तथ्यांक छ।

आवको सो अवधिमा ५४ करोड १ लाख रुपैयाँबराबरको १६ हजार ११२ टन कोदो तथा फापर आयात भएको छ। खाद्यान्नसँगै पेट्रोलियम पदार्थ, सवारीसाधन तथा तिनका पार्टपुर्जाको आयातसमेत उच्च छ। चालू आवको सो अवधिमा मुलुकको वैदेशिक व्यापार घाटा साढे ८ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

प्रकाशित: Mar 21, 2021| 11:00 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।